पूर्वमन्त्री बलबहादुर केसीलाई कारवाही गर्न माग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 31, 2019

पूर्वमन्त्री बलबहादुर केसीलाई कारवाही गर्न माग

१४ भदौ, सोलुखुम्बु । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाही गर्न माग गरिएको छ । सोलु–काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए ।

पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हितविपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो । सोलु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिएका हुन् ।

वैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावलीसमेत पारित नभएको अवस्थामा मनोमानी ढंगले यही भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको कारवाहीको माग गरिएको छ । निरन्तर पार्टी विपरीतका कार्य गरेको भन्दै कारवाहीका लागि माग गरिएको छ । पार्टीमा चरम गुटबन्दी भएका कारण सोलुखुम्बुमा कांग्रेस कमजोर हुन पुगेको निवेदनमा उल्लेख छ ।

सोलुखुम्बुमा विगतदेखि नै केसी र अर्का नेता आङ्गेलु शेर्पा पक्षबीच दुई धार भएर पार्टी सञ्चालन भइरहेको छ । केसी रामचन्द्र पौडेल पक्षधर र शेर्पा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् ।

एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टीभित्रको समस्या जस्ताको तस्तै रहेको कांग्रेसकै जिल्ला तहका नेता कार्यकर्ताको भनाइ छ । जिल्ला सभापति विनोदबाबु बस्नेतले भने पार्टी विधानअनुसार नै चलिरहेको र कहीँ कसैले विधान र नियमावली विपरीत कार्य नगरेको बताए ।
रासस

The post पूर्वमन्त्री बलबहादुर केसीलाई कारवाही गर्न माग appeared first on .



from https://ift.tt/2zCo1ph

No comments:

Post a Comment

Pages