मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण पाचथरबाट सुरु हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 13, 2018

मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण पाचथरबाट सुरु हुने

पाँचथर, कार्तिक २८ । मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्रको वितरण पाँचथरबाट सुरु हुन लागेको हो ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्लामा संकलन भएका विवरणका आधारमा कार्ड छापि सकिएको छ ।

‘ऐतिहासिक रुपममा पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेका छ । सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको नीति कार्यान्वयनमा उतार्ने कार्यको सुरुआत् पाँचथरबाट हुने भएको छ । तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रारम्भ गर्न लागेको छ । पाँचथरका सबै जनता र सिंहदरबारका अतिविशिष्ट व्याक्तित्वसहित सात हजार कर्मचारी गरी एक लाख १७ हजारजनालाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

केन्द्रले सोमबार फिदिममा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट परिचयपत्र वितरणको काम सुरु गर्ने जानकारी दिएको छ । हालसम्म ५० हजार ९ सय ७४ जनाको विवरण संकलन भइसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । विवरण संकलन कार्य जारी राख्दै वितरण पनि सुरु गरिने काफ्लेले बताए । उनका अनुसार संकलित विवरणका आधारमा कात्तिक १५ देखि कार्ड छाप्ने काम प्रारम्भ भएको छ । विवरण संकलन गरेझैं वडा तहमै पुगेर परिचयपत्र वितरण गर्ने तयारी भएको जानकारी काफ्लेले दिए।

पहिलो चरणमा पाँचथर र सिंहदरबारका कर्मचारी, दोसो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र त्यसपछि बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण गर्ने योजना छ । ‘नेपालको संविधानले सम्पूर्ण नागरिकको अभिलेख राख्ने भनेअनुसार यो काम अघि बढाइएको छ । सम्पूर्ण नागरिकको अभिलेख सुरक्षित रुपमा राख्न यो काम भइराखेको छ । राष्ट्रिय सुरक्षा अभियानलाई सहयोगी हुने र पछि अन्य सरकारी सेवा जोड्दै बहुउपयोगी राष्ट्रिय परिचत्रपत्रको रुप दिनेगरी वितरण गर्न लागिएको हो’, काफ्लेले भने, ‘राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति पनि छनोट हुनेछ । वितरणका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
गाउँगाउँमै पुगेर परिचयपत्र वितरण हुने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । पुस दोस्रो सातासम्ममा पहिलो चरणको विवरण संकलन गरिसक्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्ला प्रशासन कार्यालय पाँचथर र इलाका प्रशासन कार्यालय रविबाट पनि विवरण संकलन गर्ने व्यवस्था मिलाइएको छ।

विवरण संकलनका लागि १९ जना अपरेटर र पाँचजना प्रमाणीकरण अधिकृत खटाइएको छ । संकलन केन्द्रमा बायोमेट्रिक्स लिने, फोटो खिच्ने, विवरण भर्ने तथा विवरण भरेकालाई रसिद दिने काम हुन्छ । एउटै कार्डबाट विभिन्न सुविधा प्राप्त हुने डिजिटल कार्ड वितरण गर्ने योजना छ । परिचयपत्रमा नाम, जन्ममिति, बाबुआमाको नाम, बाजेको नाम, बायोम्याट्रिक्स (औंठा) छापसहितको विवरण समावेश हुन्छ । स्मार्ट कार्डजस्तो परिचयपत्र वितरण हुने भएको छ।
श्रोत नागरिक न्युज

The post मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण पाचथरबाट सुरु हुने appeared first on .



from https://ift.tt/2OHoWJO

No comments:

Post a Comment

Pages