तिरुपति बोडिङ स्कुलको १३ औ बार्षिक उत्सवसगै स्कुल फेत २०७५ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, March 9, 2019

तिरुपति बोडिङ स्कुलको १३ औ बार्षिक उत्सवसगै स्कुल फेत २०७५

काठमाडौँ, फाल्गुन २६ । संस्कार युक्त शिक्षा आजको आवश्यकता, गोक्ने हैन सिकाउने स्कुल, थर्काउने हैन फकाउने शिक्षा भन्ने मुल उद्देश्यका साथ स्थापना गरेको तिरुपति बोडिङ स्कुलको १३ औँ बार्षिक उत्सवसगै स्कुल फेत २०७५ हिजो शनिवारबाट सुरु भएको छ ।
दुइ दिन हुने स्कुल फेत कार्यक्रममा बालबालिकाहरुले आफ्नो प्रतिभा देखाउने छन भने विभिन्न सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने स्कुलका संस्थापन, प्रधानध्यपक तेन्जिङ भुटियाले जानकारी दिनुभयो ।
१३ बर्ष पहिला बुढानीलकण्ठ १० कपनमा स्थापना गरेको यस स्कुल अहिले नमुना स्कुलको परिचय बनाउन सफल भएको छ । तिन सयको हारहारीमा विद्यार्थीहरु रहेका छन । विद्यार्थीहरु परिवारीक वातावरणमा शिक्षा लिने गर्छ ।
यसै बर्ष स्कुलका पाँच जना विद्यार्थीलाई फिलिपिन्सका राजकुमारी मारियाले बार्षिक रुपमा छात्रावृत्ति प्रदान गर्ने घोषणा समेत गरेकी छिन ।
तिरुपति बोडिङ हाइ स्कुलले बार्षिक रुपमा अभिभावक दिवस, किड्स कर्निवल र दुइ बर्षमा एक चोटी स्कुल फेत कार्यक्रम गर्दै आएको छ ।

The post तिरुपति बोडिङ स्कुलको १३ औ बार्षिक उत्सवसगै स्कुल फेत २०७५ appeared first on .



from https://ift.tt/2tYg0Ij

No comments:

Post a Comment

Pages