सगरमाथा आरोहणमा रहेकी निमा डोमा र र्फुदिकी शेर्पाले चुलु इष्टको सफल आरोहण (फोटो फिचर सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 14, 2018

सगरमाथा आरोहणमा रहेकी निमा डोमा र र्फुदिकी शेर्पाले चुलु इष्टको सफल आरोहण (फोटो फिचर सहित)

काठमाडौँ, कात्तिक २९ । “हामी पनि गर्न सक्छौ” भन्ने मुल नाराका साथ सगरमाथा आरोहण अभियानमा रहेकी दुइ विधुवा महिला र्फुदिकी शेर्पा र निमा डोमा शेर्पाले चुलु इष्टको सफल आरोहण गरेका छन ।

मनाङमा रहेको चुलु इष्ट पिक (६०००मि) गत कात्तिक २६ गते सफल आरोहण गरेको अभियान्त र्फुदिकी शेर्पाले जानकारी दिए । उनले चुलु इष्ट पिक आरोहण गरेपछि हिम्मत बढेको जानकारी दिइन ।
प्रशिक्षक आङ छिरीङ लामाको सहयोगमा चुलु इष्ट आरोहण गरेको अभियान्त निमा डोमा शेर्पाले जानकारी दिए । आङ छिरीङ लामा सगरमाथा आरोही हुन । उनले २ पटक सगरमाथाको सफल आरोहण गरेका छन भने खुम्बु आइसफलका प्रशिक्षक पनि हुन उनले माउन्ट डेनालीमा सेभेन समिट महिलाहरुलाई सफल आरोहण गराएका थिए ।
दुवै जनाको श्रीमान सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको थियो । श्रीमानको मृत्यु पछि एकल भएकी यी दुइ महिला साहस बटुलेर अहिले सगरमाथा आरोहण गर्न तयार भएकी छिन । दुवै जना सगरमाथा आरोहण गर्न तालिम लिइ रहेका छन भने आािर्थक स्रोत जुटाउन अभियानमा लागि परेका छन ।

 

 

 

 

 

 

The post सगरमाथा आरोहणमा रहेकी निमा डोमा र र्फुदिकी शेर्पाले चुलु इष्टको सफल आरोहण (फोटो फिचर सहित) appeared first on .



from https://ift.tt/2K3CLBF

No comments:

Post a Comment

Pages