राष्ट्रिय कर दिवस, विभिन्न सचेतना मुलुक कार्यक्रम गर्दै मनाइदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 16, 2018

राष्ट्रिय कर दिवस, विभिन्न सचेतना मुलुक कार्यक्रम गर्दै मनाइदै

काठमाडौं, मंसिर १ । आज राष्ट्रिय कर दिवस सरकारले कर सम्वन्धी विभिन्न सचेतना मुलुक कार्यक्रम आयोजना गरेको छ ।

पहिलो संघीय बजेट कार्यन्वयनको क्रममा रहेको सरकारले आज कर साक्षरता, करको दायर विस्तार, तथा बढी कर वुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
संघीय सरकारले जनतालाई अनावश्यक रुपमा दोहोरो कर थुपारिहेको भन्दै आलोचना भने भईरहेको छ । सरकारले यो वर्ष ९ खर्व ४५ अर्व हाराहारीमा राजश्व संकलनको लक्ष्य राखेको छ । लक्ष्य भन्दा वढी नै राजश्व संकलन गर्न सफल सरकारले चालु आर्थिक वर्षको ४ महिनामा ३५ प्रतिशत अथार्त ३ खर्व ३९ अर्ब राजश्व संकलन गरिसकेको छ ।

२०५४ मङ्सिर १ गते मुल्य अभिवृद्धि कर भ्याट लागु भएको दिनको सम्झनामा सातौँ राष्ट्रिय कर दिवसमा कर : समृद्ध नेपाल, सुखी नेपालीको भर नारा तय गरिएको छ । यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण करदाता, कर संकलक तथा व्यवस्थापनमा संलग्न कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रोत इकान्तिपुर

The post राष्ट्रिय कर दिवस, विभिन्न सचेतना मुलुक कार्यक्रम गर्दै मनाइदै appeared first on .



from https://ift.tt/2FrRrw0

No comments:

Post a Comment

Pages