राष्ट्रिय हिमाली बाटो पहिल्याउँदै गुम्देलबाट लुक्ला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 16, 2018

राष्ट्रिय हिमाली बाटो पहिल्याउँदै गुम्देलबाट लुक्ला

मंसिर १ २०७५
हिउँ बिलाएको कालो डाँडा । बेलुका बेस्सरी चल्ने हुरी सँगै झर्ने तुसारो सँगै भीरमा चिप्लदै गुम्देलका पेम्बा शेर्पाले गुम्देल देखि लुक्ला जाने पदमार्ग पहिल्याएका छन् । गुम्देलको लाहाछेवरबाट ४ दिन अघि हिमाली पदमार्ग पहिल्याउँदै उकालिएका शेर्पा आईतबार राति सोलुको लुक्ला पुग्ने क्रममा लगातार १८ घण्टा हिँडे । ‘थकाई कति छ भन्नै सक्दिन’ शेर्पा भन्छन अचाक्ली थाकेको छु । उनी सँगै ३ जना साथीहरु पनि उस्तै । मावन बसोबास नभएको उक्त क्षेत्रबाट पर्यटकहरुलाई हिमाली दृष्यावलोकन अनि दर्जनौ हिमपोखरीहरु देखाउंदै लुक्ला लैजानका लागि बाटो पहिल्याउनु उनीहरुको उद्देश्य थियो । गुम्देलको लाहाछेवर त्यसैपनि दुर्गम छ । त्यसबाट सुरु हुने पैदल यात्रा त्यसैपनि कष्टकर छँदैथियो । लाहाछेवरको लिखु नदी कटेपछि सीधै उकालिएका उनीहरु एकदिन पुरै जंगलको बाटो एकोहोरो उकालो लागिरहे । झोलामा बोकेको ड्राईफुड खाएर हिमालकै काखमा टेण्टमा २ रात बिताएका उनीहरु लुक्ला पुग्दा आफ्नो यात्रा वर्णन गर्न अत्यास लाग्ने अनुभव सुनाउंछन् । ‘सोमुनाक्रो (४५०० मिटर ) पास कटेर लुक्ला तर्फको ओरालोको यात्रा यति कठिन थियो कि बयानै गर्न नसक्ने’ शेर्पा भन्छन – सीधै भीरको बाटो । ढुंगामा परेको तुसारो उत्तिनै ज्यानमारा चिप्लो । झण्डै ३ सय मिटर लामो ढुंगे पहरो कट्न असाध्यै मुस्किल । गुम्देल देखि लुक्ला सम्मको पदमार्गमा खाना र बासको लागि उपयुक्त स्थान छैन । बाटोमा दूधकुण्ड नजिक एउटा होटल छ । सोलुको टाक्सिन्दुबाट दूधकुण्डमा जाने पर्यटकहरु त्यहाँ बाक्लै पुग्छन अर्को मार्ग हुँदै । तर, शेर्पाहरु गएको पदमार्ग सुनसान छ, मानव भेट्नै मुस्किल । ‘हामीलाई जंगली जनावरको पनि उत्तिकै डर थियो’ शेर्पा भन्छन – भीरको बाटोमा माथिबाट झारलहरुले ढुंगा लडाउलान भन्ने चिन्ताले बचेर हिँड्न उत्तिकै डरमर्नु । तर, भाग्य न जंगली जनावर भेटियो न ढुंगा लड्यो । गुम्देलबाट सत्रवेनी, टाक्सिन्दु, घ्यु ढुंगा, सोमुनाक्रोपास, लुम्जिङ्गखोला हुँदै लुक्ला जाने बाटो धेरै स्थानमा बनाउनु पर्ने उनले देखे । बाटोनै बनाउनु पर्ने धेरै स्थानमा छ । ठाउँठाउँमा बासको प्रवन्ध अनि पानीको व्यवस्था गर्न सके उक्त पदमार्ग रमाइलो छ । सोमुनाक्रोबाट सर्वोच्च शिखर सगरमाथा छ्याङ्गै देखिन्छ । तर दुर्भाग्य आइतबार हिमाल खुलेन । ढ्याप्प कुहिरोले ढाक्यो । शेर्पा र उनका सहयोगी साथीहरु बिरक्तिदै ओरालिए । आगामी वर्ष एउटा टीम आउँदैछ विदेशीको । उक्त टीम त्यहि मार्ग हुँदै लुक्ला जाने तयारी भएकाले शेर्पाहरु पदमार्ग पहिल्याउन त्यता लागेका थिए । सरकारले सत्रवेनी सम्मको पदमार्ग बनाउन पहल थालेको छ । तर त्यसभन्दा पूर्वको भागमा भने स्थानीय सरकारलेनै पहल गर्नुपर्ने देखियो उनले भने । लुम्जिङ्गखोलामा कयौं वर्ष अघि हालेको काठेपुल जीर्ण छ । कुहिईसकेको उक्त काठेपुल खस्यो भने लुक्ला तर्फ जाने अर्को उपाय छैन । पुल चाँही चाँडो बनाउनु पर्ने अवस्था छ । शेर्पा भन्छन – उक्त पदमार्ग बनाउन सकियो भने – अहिले सोलुको लामजुरा हुँदै जाने पर्यटकहरु त्यसतर्फ पनि तान्न सकिने अवस्था छ ।
शोस :kantipur DiARy



from Sherpa media Group Nepal https://ift.tt/2FsFvtS

No comments:

Post a Comment

Pages