खुम्बु पासाङल्हामु गाउँपालिकामा कोरोनाबारे जनचेतना फैलाउदै जुभिङ शेर्पा किदुक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 10, 2020

खुम्बु पासाङल्हामु गाउँपालिकामा कोरोनाबारे जनचेतना फैलाउदै जुभिङ शेर्पा किदुक

काठमाडौँ – कोरोना संक्रमणको सन्त्रास बढेको भन्दै सोलुखुम्बुको जुभिङ शेर्पा किदुकले खुम्बु पासाङल्हामु गाउँपालिकामा कोभिड ( १९ जनचेतनामूलक कार्यक्रम गरेको छ ।
किदुकले खुम्बु पासाङल्हमु गाउँपालिका– १ खरिखोलामा कात्तिक १७ र १८ गते २८३ जना लाई कोभिड १९ बारे जनचेतनामूलक प्रशिक्षण दिएको हो ।

किदुकको अध्यक्ष लाक्पा सोना शेर्पाले साामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुँदा त्रास बढेको भन्दै त्यसलाई हटाउन प्रशिक्षण गरेको जानकारी दिनुभयो । आरएनए १६ संस्थाका प्राविधिक अरुण सैजुसहितको टोलीले सर्वसाधारणलाई प्रशिक्षण दिएको हो । कोभिड १९ लागेर मृत्यु भएकाको शव व्यवस्थापनदेखि संक्रमितलाई सुरक्षित तरिकाले स्वास्थ्य संस्थासम्म पु¥याउने विषयबारे जानकारी दिइएको थियोे ।
कार्यक्रममा पीपीई सुटको प्रयोग र श्वासप्रश्वासमा समस्या आउँदा अपनाउनु पर्ने प्राथमिक उपचार लगायतका विधि सिकाइएको थियोे । प्रशिक्षणमा अभिभावक, विद्यार्थी र गुम्बाका लामा सहभागी थिए ।

अध्यक्ष शेर्पाले गाउँपालिकाबाट प्राप्त चार लाख रुपैयाँ र थप संस्थाबाट खर्चेर कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो । वडाध्यक्ष निमदोर्ची शेर्पाले कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।


प्रशिक्षण दिने संस्था आरएनए–१६ संक्रमितबाट मृत्यु भएकाको शव व्यवस्थापनदेखि संक्रमितको व्यवस्थापन र अन्य १६ प्रकारका विपतको व्यवस्थापन गर्दै आएको संस्था हो ।



from Sherpa media Group Nepal https://ift.tt/3nee87Z

No comments:

Post a Comment

Pages