बैंकको साइबर सुरक्षा नाजुक, ३३०० इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 1, 2019

बैंकको साइबर सुरक्षा नाजुक, ३३०० इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा

१६ भदौ, काठमाडौं । एटीएम प्रणाली ह्याक गरी चिनियाँ नागरिकले गरेको रकम चोरी र गरीबलाई अतिचार गरी ऋणमा डुबाउने श्याम परदेशी पक्राउको विषय आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

अन्नपूर्णले भाइरसद्वारा सिस्टम ह्याक गरी चिनियाँ ह्याकरले लाखौं रकम चोरी गरेको लेखेको छ । ह्याकरले नेपाल प्रवेश गरेको दुई दिनभित्रै एटीएम ह्याक गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका उसकाे दाबी छ ।

दौ २०७६, सोमबार

ENGLISH
होमपेज / पत्रपत्रिकाबाट
बैंकको साइबर सुरक्षा नाजुक, ३३०० इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा
अब मुद्दामा घरबाटै बहस, एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप
अनलाइनखबर
२०७६ भदौ १६ गते ६:४७ मा प्रकाशित
0
प्रतिक्रिया
109
SHARES
Facebook
Twitter
Email
Viber

१६ भदौ, काठमाडौं । एटीएम प्रणाली ह्याक गरी चिनियाँ नागरिकले गरेको रकम चोरी र गरीबलाई अतिचार गरी ऋणमा डुबाउने श्याम परदेशी पक्राउको विषय आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

अन्नपूर्णले भाइरसद्वारा सिस्टम ह्याक गरी चिनियाँ ह्याकरले लाखौं रकम चोरी गरेको लेखेको छ । ह्याकरले नेपाल प्रवेश गरेको दुई दिनभित्रै एटीएम ह्याक गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका उसकाे दाबी छ ।

प्रहरीले शनिबार ५ एटीएम ह्याकमा संलग्न ५ चिनियाँ पक्राउ गरेसँगै बैंकमा रहेको सर्वसाधारण जनताको रकमको सुरक्षाबारे प्रश्न उठेको छ । अन्नपूर्णले पनि आज यो प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ । उसले बैंकिङ सुरक्षाबारे जानकारहरूसँग राखेको जिज्ञासामा एटीएम सिस्टममा मात्र आक्रमण भएकाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको प्रतिक्रिया उनीहरुले दिएका छन् ।

बैंकको साइबर सुरक्षा नाजुक रहेको निष्कर्ष कान्तिपुरको छ । एक अध्ययनको हवाला दिँदै कान्तिपुरले बैंकको साइबर सुरक्षा नाजुक रहेको निष्कर्ष निकालेको हो ।

कान्तिपुर रिपोर्टअनुसार, साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सले बैंकको साइबर सुरक्षाबारे अध्ययन गरेकाे थियाे । याे क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा रहेकाे भेटिएका छन् ।

प्रतिवेदन तयार गर्ने क्रममा गरिएको अध्ययनमा डाउनलोड गर्न मिल्ने अवस्थामा ८ हजार ३ सय ७८ डट एनपी डोमेनमा दर्ता भएका इमेल विश्लेषण गरिएको थियो । समाचार लेखिएअनुसार यी सबै इमले पासवर्डसमेत डाउनलोड गर्न मिल्ने अवस्थामा थिए । यीमध्ये ३३ सय इमेल नेपालका विभिन्न बैंकको भएको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैंकिङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको समाचारमा उल्लेख छ ।

सन् २०१८ मै थ्रेटनिक्सको अर्को प्रतिवेदन पनि सार्वजनिक भएको थियो । नेपाललका बैंक तथा भुक्तानी सेवा प्रदायकको प्रणाली वेब एप्लिकेसन्सबारेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनले वेब एप्लिकेसन्सहरु पनि सुरक्षाको हिसाबले निकै कमजोर रहेको देखाएको छ ।

The post बैंकको साइबर सुरक्षा नाजुक, ३३०० इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा appeared first on .



from https://ift.tt/2zLNb4N

No comments:

Post a Comment

Pages