अाधारशिविर जोढ्ने बाटो निर्माण कार्यले तीब्रता पए - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 27, 2019

अाधारशिविर जोढ्ने बाटो निर्माण कार्यले तीब्रता पए

खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नं ४ दिबुचे हुदै सगरमाथा अाधारशिविर जोढ्ने बाटो निर्माण कार्यले तीब्रता पएको छ । गाउँपालिकाको एभरेष्ट ट्रेकिङ ट्रेल निर्माण को योजना अन्तर्गत यस बर्ष ७० लाखको बजेट विनियोजन गरिएको यश योजना खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ दिबुचे मिलिङगो देखि सुरू गरिएको हो ।
दिबुचे पाङबोचे सोमारे हुदै सगरमाथा आधार सिविर बाटो असहज भएपछि गाउँपालिकाले बजेट विनियोजन गरि सुरू गरिएको हो । वार्षिक लाखौंको संख्यामा पर्यटकको आगमन हुने यश क्षेत्रको सडक विस्तारमा यश भन्दा अगाडि राज्यको नजर पुग्न नसकेपनि पछिल्लो स्थानिय सरकारले सडक संजाललाई विशेष प्रथामिकतामा राखेको छ ।
सगरमाथाबाट करोडौंको रोयल्टी असुल्न सक्ने तर यश क्षेत्रको विकासमा केही हदसम्म प्रयास नहुदा दुखित भएका स्थानीयले अहिले अाफै जनाप्रतिनिधि भएर अाए पछि यसलाई पूरा गर्ने प्रयासमा जुटेका छन् । खुम्बु गाउँ पालिकाले स्थानीय सरकार गठन पश्चात् जनप्रतिनिधिको योगदान र कार्यले गर्दा अाफूहरूको भोट खेर नभएको भन्दै स्थानीय पनि खुःसी छन् ।

The post अाधारशिविर जोढ्ने बाटो निर्माण कार्यले तीब्रता पए appeared first on .



from https://ift.tt/2Ml6qcM

No comments:

Post a Comment

Pages