टानका प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी रमेश कुमार मैनालीलाई - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 26, 2019

टानका प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी रमेश कुमार मैनालीलाई

सोनाम याङ्जी शेर्पा टानको नयाँ कार्यसमिति छनौटको लागी निर्वाचन कार्यक्रम संचालन गर्न प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी रमेश कुमार मैनालीलाई चयन गरेको छ । टानको कानुनी सल्लाहकार तथा बरिष्ठ कानुनविद मैनालीले टानको ४० औं साधाधरणसभामा पनि प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी बहन गरि सक्नु भएको छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को ४१ औ“ वार्षिक साधारण सभा यहि २०७६ साल भाद्र २० गते हुनेछ । ट्रेकिङ व्यवासायी र पदयात्रा व्यवसायीको अधिकारलाई सुनिश्चित गर्न स्थापना भएको टानको ४१ अौं वार्षिक साधारण सभाको तयारी तीव्र रूपमा भईरहेको संस्थाको महासचिव अाङ पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
वर्तमान कार्यसमिति नवराज दाहाल नेतृत्वले कार्यकाल सफलता पुर्वक रुपमा सम्पन्न भएको र नयां कार्यासमितिको चयन गरिनेछ ।
वर्तमान समितिले नयाँ कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले उम्मेदवार मनोनयन गर्दा लाग्ने शुल्क पनि निर्धारण गरेको छ । भाद्र २० गते गठन हुने नयाँ अध्यक्षको उमेदवारलाई रु.६०,०००। पदाधिकारीहरुलाई रु.४०,०००र अन्य सदस्यहरुललाई रु २५,००० तोकिएको छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) नेपालको पदयात्रा व्यवसायको लागी करिब ४० वर्ष पहिला अम्बिका श्रेष्ठको नेतृत्वमा स्थापित ट्रेकिङ कम्पनीहरुको छाता संगठन हो । हालसम्म १८०० भन्दा बढी सदस्य कम्पनीहरु अबद्ध रहेको छ ।

The post टानका प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी रमेश कुमार मैनालीलाई appeared first on .



from https://ift.tt/2SFlvXT

No comments:

Post a Comment

Pages