टानमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारीमा रमेश कुमार मैनाली - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 26, 2019

टानमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारीमा रमेश कुमार मैनाली

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को ४१ औ वार्षिक साधारण सभा २०७६ साल भाद्र २० गते हुने भएको छ ।
नवराज दाहाल नेतृत्वको वर्तमान कार्यसमितिले आफनो जिम्मेवारी सफलता पुर्वक रुपमा सम्पन्न भएकोले सन् २०१९-२०२१ लागी नयां कार्यासमितिको चयन गर्न लागिएको हो ।

नया कार्यसमिति छनौट, निर्वाचन कार्यक्रम संचालन गर्न प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी टानको कानुनी सल्लाहकार तथा बरिष्ठ कानुनविद श्री रमेश कुमार मैनालीलाई चयन गरिएको छ । रमेश कुमार मैनालीले टानको ४० औं साधाधरणसभामा पनि प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी बहन गरि सक्नु भएको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष, पदाधिकारी र सदस्यहरुले उम्मेदवार मनोनयन गर्दा लाग्ने शुल्क पनि निर्धारण गरेको छ । जस अनुसार टानको अध्यक्षको उमेदवारलाई रु.६०,०००, पदाधिकारीहरुलाई रु.४०,००० र अन्य सदस्यहरुललाई रु २५,००० तोकिएको जानकारी महासचिब पेम्बा शेर्पाले जानकारी दिनुभयो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) नेपालको पदयात्रा व्यवसायको लागी स्थापित ट्रेकिङ कम्पनीहरुको छाता संगठन रहेको छ । जस अन्र्तगत १८०० भन्दा बढी सदस्य कम्पनीहरु अबद्ध रहेको शेर्पाले जानकारी दिनुभयो ।

The post टानमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारीमा रमेश कुमार मैनाली appeared first on .



from https://ift.tt/30VGvfR

No comments:

Post a Comment

Pages