शेर्पा संघ कोरियाको महाधिवेशन भोली - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

शेर्पा संघ कोरियाको महाधिवेशन भोली

निम्लेकी शेर्पा

शेर्पा संघ दक्षिण कोरियाको सेप्टेम्बर २३ तारिक अर्थात भोली हुन लागेको तेस्रो महा अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रमको तयारी सबै पुरा भएको छ । ‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ भन्ने नारा सहित कोरियाको सियोल स्थित दिउसो ११बजे नेपाल हाउस, सौल दोंग्म्यो स्टेशनमा हु“दैछ । कोरियनहरुको महान पर्व छुसकको अवसरमा शेर्पा संघ दक्षिण कोरियाको तेस्रो महाअधिवेशन साथै कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्था बिच एकता समुन्वय सदभाव बढाउन शुभ कामना आदान(प्रदान कार्यक्रम आयोजना लागेको संघको सचिव गेल्जे शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । रोजगारी तथा अध्ययन तथा विभिन्न शिलसिलामा कोरियामा गएर बसेका शेर्पा २०११ मा शेर्पा संघ दक्षिण कोरिया स्थापना गरेका थिए । संस्थाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा परोपकारि कार्य गर्दै आएको छ । हाल कोरियामा ७० भन्दा धेरै क्रियाशील सामाजिक संघ संस्था रहेको छ भने शेर्पा संघ कोरियाले आगामी दिनहरुमा सबै संघ संस्थासंग हाते मालो गर्दै नेपाली समाजको हक हित लगायत समाज परिवर्तमा आफ्नो साथ सहयोग गर्दै सकारात्मक भूमिका खेल्ने नीति संघले लिएको अध्यक्ष सेर साङबो शेर्पाले बताउनुभयो । तेस्रो महाअधिवेशनमा आफ्नोे कार्य व्यस्तताका बाबजुत पनि शेर्पा संघ प्रति सकारात्मक सोचका साथ आर्थिक, भौतिक , नैतिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्ने संघले जनाएको छ कार्यक्रममा कोरियामा रहेका संघ संस्था र नेपालीहरुमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/2I6dTbF

No comments:

Post a Comment

Pages