प्रधानमन्त्री ओली अमेरिका जाँदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

प्रधानमन्त्री ओली अमेरिका जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली आज राति ९ बजेपछि अमेरिका जान लाग्नुभएको हो । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुने जनाइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेल्सन मन्डेला शान्ति शिखर बैठकको उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्ने तय भएको छ । ओलीले सोमबार शान्ति शिखर वार्तालाई सम्बोधन गर्ने र लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती मेलानिया ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ । असोज ९ गते संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखस“ग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ओलीले स्वीट्जरल्यान्डका राष्ट्रपति एलेन बर्सेट, क्याम्बोडियाका प्रधानमन्त्री सामदेकलगायतसँग भेटघाट गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ



from Sherpa media Group Nepal https://ift.tt/2pvrJfc

No comments:

Post a Comment

Pages