अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते

अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् ।एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेकाे  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । सोही घटनामा सण्डे अगुडा र हेलेन रेइसको भने मृत्यु भएको छ ।हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार बिहान ९ बजे गोली प्रहार गर्दा गिरीको मृत्यु भएको पुष्टि गरेका छन् ।आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दा तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।पर्वतमा जन्मिएकी वृन्दाको आमा, दुई दाजुभाइ सरोजकृष्ण र सुमन मेरिल्याण्डमा लामो समयदेखि बस्दै आइरहेका छन् ।अमेरिकाको मूलधारको राजनीतिमा आवद्ध एचवी भण्डारीले ‘मास सुटिङ’ मा नेपाली पर्नु दुःखद् भएको भन्दै कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिए ।हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोग गरेर ३ जनाको हत्या गरेको जानकारी दिए ।

राससको सहयोगमा



from Sherpa media Group Nepal https://ift.tt/2I8mri0

No comments:

Post a Comment

Pages