कोन्छोम्बी स्मृति कप पहिले खेल सम्पन्न सेमिफाइनल र फाइनल खेल भोली हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 26, 2019

कोन्छोम्बी स्मृति कप पहिले खेल सम्पन्न सेमिफाइनल र फाइनल खेल भोली हुने

समाजसेवी स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा कोन्छोम्बी शेर्पा स्मृति कप खुल्ला पुरूष भलिबलको पहिलो खेल सम्पन्न भएको छ । नौ समुहको सहभागी रहेको खेलको पहिलो चरणको खेल पश्चात् शनिबार १० बजेबाट सेमिफाइनल र फाइनल खेल सुरू हुने गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले हिमाली सन्देशलाई जानकारी दिनु भयो।

पहिलो खेलमा आजको खेलहरू खुम्जुङ युवा क्लब vs र जलेश्वरी युवा समुह A बीच भएको खेलमा जलेश्वरी युवा समुह A बिजयी भएको छन् त्यस्तै आमाडब्लाम युवा समुह पाङबोचे vs र घैंयादेवी युवा समुहबीच भएको खेलमा घैंयादेवी युवा समुह बिजयी भएकाे छ । त्यस्तै गरि खुम्जुङ मा.वि. खुम्जुङ vs र जनसेवा आ.वि. सानो गुमेला बीच भएको खेलमा जनसेवा आ.वि. सानो गुमेला बिजयी भएको छ भने फोर्चे युवा समुह vs र जलेश्वरी युवा समुह B बीच भएको खेलमा जलेश्वरी युवा समुह B बिजयी भएको छ ।

भोलि हुने खेलबाट पहिलो सेमिफाईनल बिजेता र दोस्रो सेमिफाईनल बिजेता पहिलो र दोस्रो स्थानको लागि खेल्नेछ भने पहिलो सेमिफाईनल उपविजेता र दोस्रो सेमिफाईनल उपविजेता तेस्रो स्थानकबध लागि खेल्नेछ । भने भोलिको पहिलो सेमिफाईनल घैयादेवी युवा क्लब vs र जलेश्वरी युवा समुह B सँग प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाईनल खेल सोलु दुधकुण्ड नगरपालिका ११ तीङला vs र जनसेवा अा.वि सानो गुमेला बिच हुनेछ ।

The post कोन्छोम्बी स्मृति कप पहिले खेल सम्पन्न सेमिफाइनल र फाइनल खेल भोली हुने appeared first on .



from https://ift.tt/32Qq2vg

No comments:

Post a Comment

Pages