कोन्छोम्बी स्मृति कप खुम्जुङमा अायोजना हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 25, 2019

कोन्छोम्बी स्मृति कप खुम्जुङमा अायोजना हुने

सोनाम याङ्जी शेर्पा: सोलुखुम्बु समाजसेवी स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा कोन्छोम्बी शेर्पा स्मृति कप अायोजना हुने भएको छ । पञ्चायती ब्यबस्था लागु हुनु भन्दा अगाडीको समयमै साविकको खुम्जुङ गा बि स क्षेत्रको समाजमा अतुलनीय योगदान पुर्याउनु भएको समाजसेवी स्वर्गीय कोन्छोम्बी शेर्पाको सम्झनामा विगत २६ बर्ष अायोजना गर्दै अाई रहेको खुल्ला पुरूष भलिबल प्रतियोगिता यश वर्ष पनि अायोजना गर्ने भएको हो ।

समुन्द्रि सतह बाट ३७८० मि. अग्लो उचाईमा आयोजना हुने प्रतियोगिता खुम्जुङ युवा क्लबले अायोजना गर्दै अाई रहेको गाउँ पालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनु भयो । खुम्बु पासाङल्हमु गाउँपालिका ४ खुम्जुङ युवा क्लवको प्राङ्गणमा हुने प्रतियोगिता साउन १० र ११ गते अायोजना हुने गा.पा. ४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनु भयो । प्रवक्ता शेर्पाका अनुसार यो प्रतियोगिता सोलुखुम्बु जिल्लाकै सबैभन्दा पुरानो भलिबल प्रतियोगिता हो ।
प्रथम पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू १ लाख
दोस्रो पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू ६० हजार
तेस्रो पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू ३० हजार
उत्कृष्ट खेलाडी लाई पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र सहित नगद रू १० हजार
त्यसैगरी प्रतियोगिताबाट उत्कृष्ट खेलाडी लाई पुरस्कार सिल्ड मेडल र प्रमाण पत्र नगद रू १० हजार सहित सम्मान गरिने छ ।

The post कोन्छोम्बी स्मृति कप खुम्जुङमा अायोजना हुने appeared first on .



from https://ift.tt/2M8KPV0

No comments:

Post a Comment

Pages