सोलुखुम्बु टाप्टिङका मृगौला पीडित लाक्पा शेर्पा लाई सहयोग गरिदिन अपिल - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 3, 2019

सोलुखुम्बु टाप्टिङका मृगौला पीडित लाक्पा शेर्पा लाई सहयोग गरिदिन अपिल

सोलुखुम्बु टाप्टिङमा लाक्पा शेर्पा मृगौला पीडित सहयोग गरिदिन अपिल

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं१० टाप्टिङ बस्ने फुरी शेर्पाको श्रीमती बर्ष ४० को लाक्पा शेर्पाको मृगौला सम्बन्धि कडा रोग लागेको छ।

निजलाई अहिले काठमाडौ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराई रहेको हुँदा परिवार को आर्थिक अवस्था कम्जोर भएकोले उपचारमा कठिनाइ भएको छ।
आफुले दुख गरेर कमायको सबै पैसा सकिएपछि झनै बिरामीलाई उपचार गराउन अत्यन्तै गाह्रो भएको छ।उपचारको लागी विभिन्न संघ संस्था र विभिन्न समुह र ब्याक्तीहरु मार्फत सहयोग रकम संकल गरेर उपचारमा केहि थप सहयोग मिलेको छ ।तरपनि निजको मृगौला प्रत्यारोपण गर्न लाखौं रकम आवश्यक रहेकोले तपाई पनि देश बिदेशमा जहाँ भय पनि सहयोग गर्न चाहनु हुन्छ भने लाक्पा शेर्पाको खाता नम्बर 02415292480 सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ। सहयोग गर्नुहुने तपाईको नाम ठेगना र रकम himalisandesh मार्फत समाचारमा सम्प्रेषण गरिने छ।
तपाईको सानो सहयोगले नै कसैको जिवन मा नयाँ जिवन जिउने आधार मिल्ने छ।

The post सोलुखुम्बु टाप्टिङका मृगौला पीडित लाक्पा शेर्पा लाई सहयोग गरिदिन अपिल appeared first on .



from https://ift.tt/2PEABz8

No comments:

Post a Comment

Pages