पोर्तुगलमा विश्व आदिवासी दिवस - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, August 9, 2019

पोर्तुगलमा विश्व आदिवासी दिवस

अगष्ट ९/ लिस्बन पोर्तुगल – पोर्तुगलका आदिवासीहरुले विश्व आदिवासी दिवसको अवसरमा भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेका छन ।
बाक्लो रुपमा नेपाली अदिवासीहरुको बसोबास रहेको पोर्तुगलमा विश्व आदिवासी दिवसको दिन सुनसान प्राय जस्तो हुने अवस्था भएपछि एक दिन अघि मात्रै उक्त भेटघाट र छलफल कार्यक्रम तय भएको थियो । छोटो समयमा जारी गरिएको सुचनाको आधारमा समय मिलाएर उपस्थित भएका आदिवासी अभियान्तहरुले एक आपसमा २५ औ विश्व आदिवासी दिवसको शुभकामना आदानप्रदान गर्दै समसामयिक बिषयमा केही बेर छलफल गरेका थिए । पोर्तुगलमा आदिवासी जनजातिहरुको अवस्था र भुमिका, आसन्न गैह्र आवासीय नेपाली संघ पोर्तुगलको आधिवेशनमा आदिवासी जनजातिहरुको सहभागिता र भुमिका लगयतका बिषयमा सहभागीहरुको बीचमा छलफल भएका थिए ।
उक्त भेटघाटमा शेर्पा सोसाईटी पोर्तुगलका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार र नेपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पा, नेपाल पत्रकार महासंघ यूरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, एन.आर.एन.ए. पोर्तुगलका संरक्षक समिति सदस्य रोवर्ट लिम्बु, तामाङ समाज पोर्तुगलका उपाध्यक्ष प्रितु योञ्जन तामाङ, मिलन लामा, मगर समाज पोर्तुगलका उपाध्यक्ष राम पुन मगर, जनजाति महासंघ पोर्तुगलका निवर्तमान कोषाध्यक्ष तारा गुरुङ, वर्तमान सदस्य रविन तामाङ, शेर्पा सोसाईटी पोर्तुगलका सल्लाहकार पेम्बा गेलु शेर्पा लगायतको उपस्थिती रहेको थियो । त्यसै गरी छोटो समयमा सुचना पाएको कारण उपस्थित हुन नसकेपनि संयुक्त राष्ट्रसंघ अन्तराष्ट्रिय श्रम संगठन जेनेभा स्वीजरल्याण्डका पुर्व सल्लाहकार डा. ज्योति तुलाधार, पोर्तुगलका लागि नेपाली पर्यटनदुत रमेश कुमार गुरुङ, मगर समाज पोर्तुगलका पुर्व अध्यक्ष दिपक राना मगर, तामाङ समाज पोर्तुगलका अध्यक्ष सुनिता ब्लोन तामाङ लगायतले २५ औ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश पठाएका थिए ।

The post पोर्तुगलमा विश्व आदिवासी दिवस appeared first on .



from https://ift.tt/2KASZTH

No comments:

Post a Comment

Pages