आज विश्व आदिवासी दिवस, दक्षिण कोरियामा अगस्ट १८ मा मनाइने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, August 8, 2019

आज विश्व आदिवासी दिवस, दक्षिण कोरियामा अगस्ट १८ मा मनाइने

९ अगस्ट अर्थात विश्व आदिवासी दिवस । संयुक्त राष्ट्रसंघले विश्व भरि रहेका आदिवासीको पहिचान र कला संस्कृतिको संरक्षणका लागि यो दिवस मनाउँदै आएको छ । सन् २३ डसेम्बर १९९४ को राष्ट्रसघंको साधारण सभाले यो दिवस तय गरेको हो । युनेस्कोले गरेको एक अध्ययनको आधारमा विश्वको २२ प्रतिशत भुभाग आदिवासी जनजातिले प्रयोग गर्दै आएका छन् । युनेस्कोकै तथ्यांक मान्ने हो भने विश्व भरि कम्तिमा ३७० करोड आदिवासी समुदायका मानिसहरु बसोबास गर्छन् । उनीहरुले ७ हजार भन्दा बढि आदिवासी जनजातिका आफ्नै भाषा छन् ।

समयसँगै ठूला समुदायको असर आदिवासीका भाषा, धर्म, कला, संस्कृति र संस्कार माथि परेको छ । सबै भन्दा बढि देखिने असर आदिवासीले बोल्ने भाषामा देखिन्छ । यसैलाई बचाउनको लागि यो वर्ष संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय आदिवासी भाषा दिवस मनाएको हो । विश्व भरि नै अगस्ट ९ मा औपचारिक कार्यक्रम भए पनि आदिवासीका भाषालाई संरक्षणका लागि के गर्न सकिन्छ भन्ने चेतनामुलक कार्यक्रम भने बर्ष भरि नै भैरहेको छ । संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकार सम्वन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलनअनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्ययनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानव अधिकारकमा ठूलो असमानता देखाउँदछ ।

संयुक्त राष्ट्र संघ अन्तरगतकै अन्तराष्टिय श्रम संगठनले सन् १९८९ मै आदिवासी जनजातिका अधिकारका बारेमा छुट्टै घोषणा पत्र जारि गरेको थियो । आर्टिकल १६९ भनिने सो घोषणा पत्र विश्वका धेरै देशमा कानुनको रुपमा लागु भएको छ । नेपालले पनि सो घोषणा पत्रमा हस्तक्षर गरेको छ । त्यसैले नेपालको कानुन अनुसार नै लागु हुन्छ । यसमा पनि आदिवासीका कलासंस्कृति, जनजिवन कसरी संरक्षण गर्ने भन्ने उल्लेख छ ।

नेपालमा नेपाल आदिवासी जनजाति महासंघले विभिन्न चरणको भाषा, कला, संस्कृतिको र अधिकारका लागि आन्दोलन गरि हरेको छ भने दक्षिण कोरियामा रहेको नेपाल आदिसवासी जनजाति महासंघ, दक्षिण कोरिया शाखाले अगस्ट १८ मा विश्व आदिवासी दिवस मनाउँदै छ । दक्षिण कोरियामा रहेको १२ वटा जातिय संस्थासँगको सहकार्यमा जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउन लागको हो । कार्यक्रममा जातिय संस्थाहरुले आफ्नो भाषा, कलासंस्कृति झल्कने प्रस्तुति हुने आयोजकले जनाएको छ ।

The post आज विश्व आदिवासी दिवस, दक्षिण कोरियामा अगस्ट १८ मा मनाइने appeared first on .



from https://ift.tt/33oGxiw

No comments:

Post a Comment

Pages