एनआरएन पोर्तुगलको सदस्यता वितरण अपारदर्शी र पक्षपातपूर्ण, अध्यक्षबाटै पद र अधिकारको चरम दुरुपयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, August 9, 2019

एनआरएन पोर्तुगलको सदस्यता वितरण अपारदर्शी र पक्षपातपूर्ण, अध्यक्षबाटै पद र अधिकारको चरम दुरुपयोग

गैह्र आवासीय नेपाली संघ पोर्तुगलको अधिवेशन आगामी २५ अगष्टमा हुने मिति तय भएसँगै पोर्तुगलको विशेष गरी सामाजिक अभियान्तहरु र राजनीतिक कार्यकर्ताहरुको चहलपहल ह्वातै बढेको छ यतिबेला । भनिने अर्थमा पोर्तुगलमा रहेका सबै गैह्र आवासीय नेपालीहरुको साझा संस्था दावी गरिएकोले उक्त संस्थाको अधिवेशनप्रति सबैको चासो र सरोकार हुनुलाई स्वभाविक नै मान्न सकिन्छ । हुन त यो संघको विधानमा गैर राजनीतिक संस्था हो भनेर प्रस्तावनामा नै उल्लेख गरिएको भएता पनि संघको सदस्यता वितरणदेखि नयाँ कार्यसमिति चयन सम्मको सबै चरित्रहरु नेपाली राजनीतिकै वरिपरी घुमिरहेको हुन्छ । त्यसैले पनि यतिबेला पोर्तुगलमा सामाजिक भन्दा पनि राजनीतिक दाउपेच र खिचातानीको माहौल गर्माएको छ । एउटा पार्टीको भातृसंस्थाले यो साझा संस्थामा आफ्नो प्रभुत्व जमाउने खेल खोज्दा अर्को पार्टीको भातृसंस्थाहरुले आफ्नो अस्तित्वका लागि प्रतिस्पर्धात्मक खेल खेल्ने कुरालाई पनि अस्भाविक चहि मान्न सकिन्न । किनकी एउटाले गर्न हुने कुरा समानताको सिद्धान्तको आधारमा अर्कोले गर्न नहुने भन्ने अवस्था नै रहदैन । तर, जब यो खेल खेलाउने निकायकै आधिकारिक व्यक्तिहरुले एउटा पक्षको पक्षपोषण गरेर धाँधलीपूर्ण अवस्थाको माहौल सिर्जना गर्न खोज्दछ त्यसपछिको अवस्था चाहिँ एन.आर.एन.ए. पोर्तुगलको वर्तमान कार्यसमितिको जस्तै हुन जान्छ ।
हो, अहिले एन.आर.एन.ए. पोर्तुगलको अवस्था वर्तमान कार्यसमितिका अध्यक्ष स्वयं कुबेर कार्की कै कारण यतिबेला चरम विवादको उत्कर्षमा छ । अन्तराष्ट्रिय समन्वय परिषदको एउटा हाँगाको रुपमा रहेको एन.आर.एन.ए. पोर्तुगलले पनि अन्तराष्ट्रिय समन्वय परिषदले अवलम्बन गरेको अनलाईन सदस्यता वितरण प्रणाली अनुरुप नै सदस्यता वितरण गरिएको थियो । उक्त अनलाईन मार्फत सदस्यता वितरण गर्न अन्तराष्ट्रिय समन्वय परिषदसँग पद र अधिकारको दुरुपयोग नगर्ने शर्तमा मन्जुरीनामा गरेर मुख्य एडमिनको जिम्मेवारी पाएको अध्यक्ष कुबेर कार्कीले नै सदस्यता वितरणमा चरम लापारवाही गरेको देखिन्छ । एन.आर.एन.ए. पोर्तुगलको विधान बमोजिम आफु गैह्र आवासीय नेपाली भएको पुष्टि हुने कागाजात संलग्न गरेर अनलाईन मार्फत नै आवेदन दिन गत जुलाई २० सम्मको समयसीमा तोकेको थियो । त्यसपछि केही समय थप गरेर जुलाई २४ सम्म आवेदन दिन सक्ने भने पनि जुलाई २६ सम्ममा २७१४ जनाले आवेदन दिएको जानकारी गराईएको थियो । ती आवेदकहरु मध्ये शुल्क बुझाएको र एन.आर.एन.ए. पोर्तुगलको विधान बमोजिम साधारण सदस्यताको योग्यता पुगेको पुष्टि गर्ने कागाजातको आधारमा २१७९ जनाको पञ्जीकृत सदस्यता स्वीकृत गर्दै अध्यक्ष कुबेर कार्कीले गत अगष्ट १ तारीख निर्वाचन समिति संयोजक अशोक घिमिरेलाई उक्त सदस्यताको तालिका हस्तान्तरण गरेका थिए । तर, अगष्ट ८ तारीख २१७९ पञ्जीकृत सदस्यताहरु मध्येमा पनि १९९ जनाको सदस्यता बन्ने योग्यता नपुगेको र अपुग कागाजात भएर पनि सदस्यता स्वीकृत गरिएको भनी प्रवासी नेपाली एकता मञ्चका संयोजक तथा एनआरएन पोर्तुगलकै सल्लाहकार गोविन्द पौडेल, नेपाली समाज पोर्तुगलका अध्यक्ष तथा एन.आर.एन.ए. पोर्तुगलका निवर्तमान महासचिव सोमफुरी शेर्पा, एन.आर.एन.ए. पोर्तुगलका संरक्षक समिति सदस्य रोवर्ट लिम्बु, सल्लाहकार धनराज शेर्पा, निवर्तमान कोषाध्यक्ष रुपक श्रेष्ठ लगायतले निर्वाचन समितिमा दावी विरोध दर्ता गरेपछि भने अनलाईन मार्फत सदस्यता वितरणमा अध्यक्ष कुबेर कार्कीले पद र अधिकारको चरम दुरुपयोग गरेको खुलेको छ । किनकी उक्त सदस्यताको सम्पूर्ण कागाजात र शुल्क विवरणलाई रुजु गरेर अन्तिम स्वीकृति दिने अधिकार भने केवल अध्यक्ष कार्कीसँग मात्रै रहेको छ । त्यस भन्दा अगाडी पनि सदस्यता वितरणमा पक्षपात गरिएको आशंक भएको भन्दै एन.आर.एन.ए. पोर्तुगलको कार्यलयमा पुगेकाहरुलाई अध्यक्ष कार्कीले टेबल ठोक्दै गाली गरेर कुनै पनि हालतमा उक्त विवरण हेर्न नदिने ढिपी कसेका थिए ।

कुबेर कार्कीले के गरे, किन गरे यस्तो ?

मुलतः यो अनलाईन सदस्यता वितरण गर्ने क्रममा सम्पूर्ण अधिकार पाएका एन.आर.एन.ए. पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले पार्टीगत र जातिगत रुपमा पक्षपाती व्यवहार देखाएको परिणाम अगष्ट ८ तारीखको दावी विरोधको रुपमा देखिएको हो । कुबेर कार्की नेपाली काँग्रेसका बघिनी संस्था जनसम्पर्क समिति पोर्तुगलका कार्यकर्ता हुन, दुई बर्ष पहिले जनसम्पर्क समिति पोर्तुगलकै तर्फबाट अध्यक्ष पदमा उम्मेदारी दिएर सहमतीको आधारमा अध्यक्ष भएका उनले आगामी अधिवेशनबाट पनि जनसम्पर्क समितिकै कार्यकर्तालाई नेतृत्वमा ल्याउनका लागि आफ्नो पद र अधिकारको समेत दुरुपयोग गर्दे विधान विपरीतका आफ्ना पक्षधर आवेदकहरुलाई सदस्यता दिएको स्पष्ट देखिन्छ । सदस्यता वितरण कै क्रममा आदिवासी जनजाति समूदायका आवेदकहरुलाई विचार समूहको आधारमा निकै सावधानीपुर्वक काजागात परिक्षण गरेर मात्रै सदस्यता दिएका उनले आफ्ना जाति र पार्टी पक्षधरकाहरुलाई भने एनआरएन भएको पुष्टि गराउने कागाजात राख्ने ठाउँमा पासपोर्ट बनाउन प्रयोग हुने फोटो मात्रै राखेर पनि सदस्यता वितरण गरेको प्रमाणहरु फेला परेको छ । त्यसै गरी नेपालबाट जुनसुकै देशमा जाँदा नेपाली अध्यगमनले लगाईदिएको प्रस्थान छाप मात्रैको आधारमा पनि सदस्यता रुजु भएको धेरै रहेका छन भने विधान बमोजिम दुई बर्ष अवधि नपुगिकन पनि सदस्यता दिएकाहरुको संख्या पनि धेरै रहेका छन । यस प्रकारले एउटा विधि र विधान अनुरुप चल्नुपर्ने संस्थाका चालक आफैले विधि र विधान विपरीत कार्य गर्दै आफु आवद्ध राजनीतिक पार्टीलाई मात्रै फाईदा पुग्ने गरी सदस्यता वितरण गर्ने काम गरेको स्पष्ट देखिन्छ । त्यसो हुँदा उनले गरेका यी कर्तुतहरुलाई डाकछोप गर्न उनका माउ संस्था जनसम्पर्क समिति चाहिँ जोडबलले अर्को पक्षबाट लागेका छन । यता कुबेर कार्कीले सदस्यता वितरणमा आफ्नो पद र अधिकारको चरम दुरुपयोग गरेको कुरालाई बिषयान्तर गर्दै उनको कर्तुतलाई कसले बाहिर ल्यायो त्यसको खोजी गरी कार्वाही हुनुपर्ने हास्यासपद माग अगाडी सारेका छन । अझ रमाईलो त जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरेले आफ्नै पार्टीका कुबेर कार्कीले रुजु गरी जारी गरेको सबै २१७९ जना पञ्जीकृत सदस्यहरुकै विवरणमा छानविन हुनुपर्ने भन्दै दावी विरोध प्रस्तुत गरेका छन । यसले के देखाउछ भने गलत कर्तुतलाई बाहिर छताछुल्ला भएपछि हतासिएर गल्तीलाई डोकोमुनि छोप्ने प्रयत्न गरिरहेका उनीहरुले आफैले के गर्दैछ भन्ने कुराको समेत भेउ पाउन नसकेको भान हुन्छ ।
अतः संस्थाको उद्देश्य र नाम अनुरुप यो संघ कुनै जाति, वर्ग र पार्टी विशेषको पेवा होईन । त्यसैले यस संस्थामा सबै आफ्नो मात्रै पक्षधरले जे भन्छ त्यही मात्रै हुनपर्छ भन्ने सोच सामान्ती सोचको उपज हो । यस्ता सोचले गर्दा नै अहिलेसम्म यो गैह्र आवासीय नेपाली संघ पोर्तुगलले आम सबैलाई छुन नसकेको अवस्था हो । यो संस्था अहिलेसम्म कुनै एक जातिको पहिचान बोकेर, एक पार्टीको पेवा बनाउदै एक वर्गका मान्छेहरुको मात्रै हालीमुहाली गर्ने निकाय बनिरहेको छ । तसर्थ यदि संस्थाको वास्ताविक उद्देश्य अनुसार सबैको साझा संस्था बनाएर अगाडी लाने हो भने अहिलेका अध्यक्ष कुबेर कार्कीको जस्तो संकृर्ण सोच व्यवहारहरु खारेज भएर चालु विधि विधानको व्यवस्था अनुसार चलाउने प्रण गर्दै सर्वपक्षीय सहभागिता र सहअस्तित्व हुने अवस्थाको सृजना हुनुपर्दछ । अनि मात्र एकजुट नेपाली समाज र समृद्ध एनआरएन पोर्तुगलको परिकल्पना गर्न सकिन्छ ।
धन्यवाद ।।

The post एनआरएन पोर्तुगलको सदस्यता वितरण अपारदर्शी र पक्षपातपूर्ण, अध्यक्षबाटै पद र अधिकारको चरम दुरुपयोग appeared first on .



from https://ift.tt/2ZLMELn

No comments:

Post a Comment

Pages