एनआरएन कोरियाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी घोषणा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 10, 2019

एनआरएन कोरियाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौ अधिवेशनको लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आ–आफ्नो महत्वाकाँक्षीका साथ वर्तमान बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ, व्यवसायी बुद्धि गुरुङ र सामाजसेवी यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका हुन् । आगमी कार्यकालका लागि उनीहरुले उम्मेदवार घोषणा गरेका हुन् ।

विपिन गुरुङ वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हो । उनी होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । उनले अध्यक्ष पदको लागि एक औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको हो भने बुद्धि गुरुङ यहाँका पुराना होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । सामाजिक क्षेत्रमा सक्रिया रहेका गुरुङले तमु धिं, रोटरी क्लब, एसिया कल्चर ग्रुप र हाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्षमा काम गर्दै आइरहेको छ ।

अर्का उम्मेदवारी सुवेदीले आफूले गरेको सामाजिक अभियान र जिम्मेवारी इमानदारीपूर्वक गर्ने प्रतिबद्धता पनि गरेका छन् । तीन अध्यक्ष पदका आकाँक्षीहरु घोषणापत्र सार्वजानिक गर्दै अहिले सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । अधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । त्यस्तै नयाँ सदस्यता तथा नविकरणको काम तीब्र गतिमा भइरहेको अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन् । उनले कोरियाका विभिन्न भौगोलिक क्षेत्रमा पनि अधिवेशनको तयारी भइरहेको बताइन् ।

कोरियामा एनआरएन अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिख हुदै छ ।

The post एनआरएन कोरियाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी घोषणा appeared first on .



from https://ift.tt/2OOuisg

No comments:

Post a Comment

Pages