फिष्टे चराको संगीतमा कुबेर कार्कीको गीत र एनआरएन पोर्तुगलको औकात । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 5, 2019

फिष्टे चराको संगीतमा कुबेर कार्कीको गीत र एनआरएन पोर्तुगलको औकात ।

एउटा फिष्टे चरा आफ्नो खुट्टीको नाप र शरीरको आयतनलाई मापन नगरीकन अग्लो रुखको टुप्पामा बसेर त्यो रुखको टुप्पालाई भुईमा छुवाउछु भन्दै दुनियाँलाई गफ दिदाँदिदै “चिरविरे” भाकामा संगीत भर्न थालेको धेरै जुग भईसक्यो । तर यथार्थलाई बुझ्ने कसैले पनि उसको विश्वास गरेनन र कसैले पनि त्यो फिष्टे चराको संगीतमा गीत गाउन आवश्यक ठानेनन् । यद्यपी त्यो फिष्टे चराको हावादारी गफमा त्यस्तो के सत्यता देख्यो वा आफै नै त्यो फिष्टे चराले झै सपना देख्न थाल्यो कुन्नि, केही दिन अघि मात्र आफुलाई एनआरएन पोर्तुगलका अध्यक्ष बताउने कुबेर कार्कीले चाहिँ त्यो फिष्टे चराको संगीतमा एउटा गीतको रचना गरे र पोर्तुगलको लिस्बनदेखि ईटालीको रोम सम्म पुगेर भाका मिलाउदै गितै गाइदिए ।
एनआरएनको यूरोपियन क्षेत्रीय भेलाको मञ्चमा उनले गाएको त्यो गीतको आशाय चाहिँ पोर्तुगलमा आएका नेपालीहरुले एक बर्षभित्रै रेसिडेन्सी कार्ड पाउने, र ५ बर्षमा पोर्तुगिज नागारिकता पाउने व्यवस्था आफ्नो नेतृत्वमा रहेको एनआरएन पोर्तुगलको कार्यकालले पोर्तुगिज सरकारलाई भरपुर दवाब दिएर, बाध्य पारेर अर्थात पोर्तुगिज सरकारसँग लडेर जितेर पो भएको हो भन्ने थियो । उनको त्यो दन्त्य कथारुपी कुरालाई त्यही प्रत्यक्ष उपस्थित भएर प्रस्तुति सुन्ने अरु देशका मान्छेहरुले कति पत्याए, त्यो उनीहरुले नै जानुन तर पोर्तुगलको वास्ताविकतालाई महसुस गरेका र सामान्य राजनीतिक चेत राख्ने मान्छेहरुले भने उनको त्यो कुरा, आफ्नो खुट्टीको नाप र शरीरको आयतनलाई मापन नगरीकन जुगौदेखि अग्लो रुखको टुप्पामा बसेर टुप्पोलाई भुई छुवाउने गफ दिँदै आएका फिष्टे चराको फाल्तु चिरविर भन्दा अरु केही पनि फरक महसुस नै गरेनन । किनकी पोर्तुगलको संसदमा ठुलै संख्याको नेतृत्व गरिरहेका पार्टीका नेता भए झैँ यसरी गफ हान्ने ती कुबेर कार्कीको वास्ताविकता चाहिँ पोर्तुगलमा आप्रवासी सम्बन्धी नीति नियमबारे एउटा सामान्य सरकारी द्धारपालेसँग समेत बहस गर्न नसक्ने औकातमा छन ।
पोर्तुगलको आप्रवासी सम्बन्धी निति नियम र ऐन कानुनहरु सबै, पोर्तुगलका राजनीतिक पार्टी र सरकारले यो देशको हित र आवश्यकता अनुसार बनाउछन्, अनि ति बनेका नियम कानुनलाई खुरुखुरु स्वीकार गर्दै बस्नुको विकल्प आप्रवासीहरुसँग छैन र हुदैन । यो अवस्था पोर्तुगलको मात्रै नभएर सबै देशमा हुने अवस्थहरु हुन । त्यसैले आप्रवासीहरुले दबाब दिएर त्यसलाई थेग्न नसकी पोर्तुगल सरकारले आफ्नो देशको नीति नियम र कानुनहरु परिवर्तन गर्‍यो भन्ने कुरा आफैमा अति नै हाँस्यासपद कुरा हो । यस्तो कुनै धरातल नै नभएका हाँस्यासपद कुरा गरेर एनआरएन पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले आफ्नो सस्तो लोकप्रियता कमाउन भरपुर चेष्टा गरेको देखिन्छ, र पंक्तिकारलाई पनि उनको यस्तो सस्तो लोकप्रियता कमाउने कार्यलाई सहयोग गर्न मन लागेर शिर्षक देखि नै उनको नाम जोडेर ल्याएको छु ।
पोर्तुगलमा विभिन्न देशका आप्रवासीहरुको तुलानामा नेपाली आप्रवासीहरुको संख्या थोरै प्रतिशतमा रहेका छन । त्यसमा पनि केही जाति र वर्गले मात्रै वर्चस्व राखेको एनआरएन भन्ने संस्था पोर्तुगल सरकारका लागि शुन्य आवश्यकताको कुरा हो । त्यसैले त्यतातिरको सामिप्यता के कस्तो छ भन्ने कुराको चर्चा गर्नु रत्तिभर आवश्यकता छैन, बरु यसको सामिप्यता नेपालीहरुसँग चाहिँ कस्तो रहेका छ भनेर चर्चा गरौ । वास्तावमा अहिले पोर्तुगलमा यूरोपका अरु देशहरुमा भन्दा सहज रुपमा स्थायी बसोबासको अनुमतिपत्र पाईने भएकोले सबै नेपालीहरु यतिबेला पोर्तुगल नै आउन चहान्छन र आईरहेका छन् । विभिन्न सपना बोकेर पोर्तुगल आउनेहरुले आउदाका सुरुवाती दिनहरुमा विभिन्न कारणले धेरै समस्याहरु झेल्नुपर्ने हुन्छ । भाषाका समस्या, कामका समस्या, बसोबासका समस्या र सुरुवाती कागाजी प्रक्रियाका समस्याहरु नै उनीहरुका लागि आधारभुत समस्या बनिदिन्छ । अनि यस्तो बेलामा उनीहरुलाई धेरथोर सहयोग गर्नुपर्ने संस्था भनेको एन आर एन पोर्तुगल बन्नुपर्ने हो तर यस्तै बाध्यतामा फसेका नेपालीहरुलाई ठग्ने लुटने र उनीहरुको श्रम शोषण गर्ने जमातहरुको टाउको लुकाउने संस्थाको औकातमा बसेर पो काम गरिरहेका छन एनआरएन पोर्तुगल । एकातिर सामाजिक कार्यमा यस्तो औकात बनाएको एनआरएन पोर्तुगलले अर्कोतिर नेपालको सबै विविधतालाई सिध्यउने एकात्मक अतिवादी सोचलाई यहाँ आएर पनि उजागर गर्दै केवल खस ब्राह्मणहरुको पहिचान बोक्ने ढाकाटोपी, दौरासुरवाल र सारीचोलो अनि हिन्दुको भजानकिर्तन मात्रै नेपाल पहिचान हो भनेर जबरजस्त पार्क पार्कमा शंख बजाउने काम गरिरहेका छन । जसको नेतृत्व यतिबेला कुबेर कार्कीले गरिरहेका छन र उनकै कार्यकालमा सबैभन्दा बढी यो एकत्मकतावादी अतिवादले प्रशय पाएर वास्तावमै पोर्तुगलमा नेपाली समाजलाई स्पष्ट रुपले दुई भागमा विभाजित गरिदिएका छन । उनकै कार्यकालमा आयोजना भएको नेपाली मेला नामको कार्यक्रमलाई ५९ वटा विविध जाति समूदायहरुको प्रतिनिधित्व गर्ने आदिवासी जनजाति महासंघ पोर्तुगलले कथित नेपाली मेला करार गर्दै वहिष्कार गरेको अस्ति भर्खरै हो । पोर्तुगल आएका एकजना भुजेलको मृत्यु हुँदा उ आदिवासी जनजाति भएकै कारणले एनआरएन पोर्तुगलका अध्यक्ष कुबेर कार्कीद्धारा मृत्यु उप्रान्त पनि अपहेलित भएको पनि हालसालै हो । यस्ता कैयन उदाहरणका पात्रा उनै कुबेर कार्कीहरु अझै पनि उ नेपालीहरुको हकहितका लागि लड्दैछु भन्न चाहिँ छाडेका छैनन् । यो चाहिँ ताजुप लाग्ने बिषय हो ।
यस्तो अवस्थाबाट गुज्रिरहेको एनआरएन पोर्तुगलको आगामी अगष्ट २५ मा अधिवेशन हुने मिति तय भएको छ । जसका लागि यसपटक अनलाईनमार्फत सदस्यता वितरण गर्ने व्यवस्था केन्द्रबाटै भएकोले पोर्तुगलमा पनि सोही अनुसार हुने नै भयो । तर पोर्तुगलमा उक्त अनलाईनका एडमिन पाएका एक मात्रै व्यक्ति उनै कुबेर कार्कीले एनआरएनको सदस्यता वितरणमा पनि भरपुर मनोमानी गरेका छन । अनलाईबाट सबै आवेदकले आवेदन दिने र त्यसको आधारमा एनआरएनको विधान बमोजिम दुईबर्षे अवधि पुगेकाहरुको डकुमेन्ट रुजु गरेर उनले मात्रै सदस्यता सक्रिया बनाउने अधिकार रहेकोले उनका आफ्ना पार्टी पक्षधरका आवेदकहरुको आवेदन चाहिँ खोजी खोजी डकुमेन्ट नपुगेपनि र तत्काल सदस्यता शुल्क नतिरेपनि भटाभट रुजु गर्दै सदस्यता सक्रिय बनाए भने त्यो बाहेकका आवेदकहरुको हकमा चाहिँ विचार समूहको अवस्था, अनि मान्छेको नाक र अनुहारको साईज र आकारलाई मापन गरेर विधान बमोजिम सबै प्रक्रिया पुगेकाहरु कतिजनाको सदस्ता रुजु गरेर सक्रिय बनाउन आनाकानी गरे भने कतिजनाको सक्रिय नै बनाएनन, अर्थात सदस्यता नै दिएनन । यतातिर यस्तो अवस्था सिर्जना गरिराखेर उनै कुबेर कार्कीले उता ईटालीमा चाहिँ केन्द्रको अनलाईन सिस्टममा समस्य भएको भन्न भ्याएछन । सायद त्यो अनलाईन सिस्टमलाई पनि को को उनको पक्षधर र को को उनी ईतारका मान्छे हुन भन्ने कुरा थाहा रहेछन क्यारे, त्यसैले उनी ईतरका मान्छेहरु चाहिँ सिस्टमले सर्लक्कै छुट्टाएका होलान । अझ यस्तो भएकोमा उजुरी गर्दै सर्वपक्षीय संयन्त्रको गठन गरी पुनरवालोकन गर्न माग गर्दै एनआरएन पोर्तुगलको कार्यलय गएकाहरुलाई टेबल ठटाउदै थर्काउने कबेर कार्की एउटा संकृर्णताको नमुना हो । अनि त्यस्तो मान्छेले फिष्टे चराको चिरविरे संगीतमा गीत नगाएर अरु कसले गाउँछ होला र ।

-धन्यवाद ।

The post फिष्टे चराको संगीतमा कुबेर कार्कीको गीत र एनआरएन पोर्तुगलको औकात । appeared first on .



from https://ift.tt/2M23J0B

No comments:

Post a Comment

Pages