उच्च हिमाली सामुदायिक वन उपभोक्ता समूह खिजीदेम्बा ९ काे बार्षिक भेला सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 5, 2019

उच्च हिमाली सामुदायिक वन उपभोक्ता समूह खिजीदेम्बा ९ काे बार्षिक भेला सम्पन्न

उच्च हिमाली सामुदायिक वन उपभोक्ता समूह खिजीदेम्बा ९ काे बार्षिक भेला सम्पन्न भएकाे छ । बार्षिक कार्ययाेजना निर्माण, अान्तरिक लेखा परीक्षण लगायत १० वटा निर्णय पारित गर्दै भेला सम्पन्न भएकाे हाे । भेलाले यश बर्ष साुदायिक वन भित्र पर्यपर्यटन सम्बन्धि कार्यक्रम सञ्चालनमा जाेड दिईएकाे छ । त्यसै, जडिबुटी पकेट क्षेत्र, नमुना पल्ट र उपभोक्तालाई वनमा अाधारित उद्दम सञ्चालन गर्न प्राेत्साहान गर्ने, सामुदायिक वन संरक्षण, विकास र प्रबर्द्धन सम्बन्धमा विद्दालयसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने लगायत समावेश गरि कार्ययाेजना निर्माण गरेकाे सचिव अाङ फुर्लु शेर्पाले जानकारी दिनु भयाे । त्यसै, उपभोक्तालाई जीविकोपार्जनमा सहयाेग पुगाेस् भन्ने हेतुले तितेपाती, अल्लाे, नेपाली हाते कागज उद्योग सञ्चालन गर्ने कार्यक्रम समेत अघि बढाईएकाे छ । सव डिभिजन वन कार्यालय खिजीफलाटेका प्रमुख गणेश बहादुर कट्वालकाे प्रमुख अातिथ्यमन भएकाे कार्यक्रम उपभोक्ता समूहका अध्यक्ष अाङ दामी शेर्पामाे अध्यक्षतामा भएकाे थियाे । २ सय घरधुरी उपभोक्ता रहेकाे समूहले अागामि कार्तिकदेखि काठ चिरान गर्न पाउने सम्बन्धमा समेत निर्णय गरेकाे छ ।

The post उच्च हिमाली सामुदायिक वन उपभोक्ता समूह खिजीदेम्बा ९ काे बार्षिक भेला सम्पन्न appeared first on .



from https://ift.tt/2Kv3Kqu

No comments:

Post a Comment

Pages