डुक्पा छेजी र मणि क्षोखोरको सूचना। - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 5, 2019

डुक्पा छेजी र मणि क्षोखोरको सूचना।

धर्म चक्र प्रवर्तन दिवसको उपलक्ष्यमा शेर्पा किदुग अमेरिकाद्वारा प्रत्येक वर्ष मनाइँदै अाईरहेको डुक्पा छेजी र मणि क्षोखोर यस वर्ष अगस्ट ४ तारीख आईतवार परेको छ । बिहान ९ बजे देखि विश्व शान्ति पूजा र अपरान्ह परम्परागत क्षोखोर नाच आयोजित हुनेछ ।

उक्त पवित्र दिनमा उपस्थित भई पुण्य लाभ लिन हुन यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।

धर्म चक्र प्रवर्तन दिवस (क्षोखोर धुछेन)

धर्म चक्र प्रवर्तन दिवस (क्षोखोर धुछेन) बौद्ध पात्रो अनुसार चार महापर्व मध्येको एक हो। भगवान शाक्यमुनि बुद्धले बोधिज्ञान प्राप्त गर्नु भएको सातौँ हप्तामा देवराज ईन्द्र र ब्रम्हाको आग्रह अनुसार प्रथम पटक पञ्च भद्र वर्गीय भिक्षुहरुलाई चार आर्य सत्यको धर्म देशना गरी धर्मचक्र प्रवर्तन गर्नु भएको पुण्य तिथि हो। यस तिथिका दिन बौद्ध धर्मावलम्बीहरु गुम्बा विहारहरुमा जम्मा भै बिभिन्न कुशल कर्मका माध्यमबाट पाप आवरण नष्ट गर्ने र पुण्य संचय गर्ने कार्य गर्दछ्न् ।

मणि क्षोखोर नाच ।

मणि क्षोखोर नाच भनेको क्षोखोर धुछेनको उपलक्ष्यमा नाचिने एक किसिमको धार्मिक नाच हो ।

बाह्रौं शताब्धिका तेर्तोन् गुरु क्षोकी वाङ्छुकले प्राप्त गर्नु भएको निधिद्वारा निर्देशित यस नाचमा लामागुरुहरुले गीति शैलीमा अार्यअवलोकिश्वरको स्तुति बाचन गर्ने र उपासक उपासिकाहरुले पङ्तिबद्ध भई मीठो लयमा मणि मन्त्र जप्दै नाच्ने गर्दछ्न्। धर्ममा कुनै रुचि नै नभएकाहरुलाई रुचि जगाएर दुर्गतिको मार्ग बन्द गर्ने उपाय स्वरुप गुरु क्षोकी वाङ्छुकले प्रतिपादन गर्नु भएको नाच हो ‘क्षोखोर नाच’।

कार्यक्रम विस्तृत:

बिहान ८ बजे देखि ९ बजे सम्म – खाजा (Breakfast)

९ बजे देखि १२ बजे सम्म – पूजा तथा नेपाली भाषामा प्रवचन।

१२ बजे देखि १ बजे सम्म – खाना (Lunch)

१ बजे देखि क्षोखोर नाच ।

४ बजे समापन ।

मिति: अगस्त ४ आईतवार

स्थान : शेर्पा किदुग

धर्म चक्र प्रवर्तन दिवस जस्ता महत्वपूर्ण तिथिहरुमा गरिएको कुशल कर्मको प्रतिफल अन्य दिनहरुमा भन्दा करोडौं गुना बढी हुने कुरा शास्त्रहरुमा बताईएको पाईन्छ। अत: कुशल कर्महरु मार्फत पुण्य लाभ गर्न हुन सबैमा बिनम्र अनुरोध गर्दछौं।



from UNITED SHERPA ASSOCIATION (USA), INC. https://ift.tt/2GPohVG

No comments:

Post a Comment

Pages