पोर्तुगलमा डुक्पा क्षेचीको अवसरमा पूजापाठ र शुभकामना आदानप्रदान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 5, 2019

पोर्तुगलमा डुक्पा क्षेचीको अवसरमा पूजापाठ र शुभकामना आदानप्रदान

४ अगष्ट, लिस्बन । पोर्तुगलमा रहेका शेर्पाहरुले डुक्पा क्षेचीको अवसरमा पूजापाठ र शुभकामना आदानप्रदान गरेका छन् । आइतबार लिस्बनमा आयोजित कार्यक्रममा पूजापाठ, खानपीन र नाचगानसहित सहभागीहरुले शुभकामना आदानप्रदान गरेका हुन् ।

सहभागीहरुले प्रवासमा यसरी आफ्ना संस्कृति, परम्परा, भाषा, भेषभूषा र चाडपर्वहरुलाई निरन्तरता दिनु खुशी र गौरवको विषय भएको कुरामा जोड दिएका थिए । कार्यक्रममा गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पेम्बा शेर्पा, एनआरएनए वरिष्ठ उपाध्यक्ष तिलक गैरे, पत्रकार योगेन्द्रमिलन छन्त्याल र शेर्पा सोसाइटीका अध्यक्ष ओङ्गेल लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लामा आङफुरी शेर्पाको वुद्धिष्ट मन्त्रोच्चारणसँगसँगै सहभागीहरुले वुद्धको प्रतिमासहित विधिपूर्वक स्थापना गरिएको मण्डप वरिपरि परिक्रमा गर्दै सामुहिक रुपमा पूजापाठ गरेका थिए । वुद्धले ज्ञान प्राप्त गरेपछि सातौ हप्तामा पहिलोपटक आफ्ना साथीहरुसँग धार्मिक प्रवचन गरेको शुभ अवसर पारी वुद्ध दर्शनका अनुयायीहरुले डुक्पा क्षेची मनाउने गर्दछन् । यस अवसरमा शान्तिको कामना गर्दै आफूले गरेका गल्तीहरुको प्राश्चित गर्न धर्म गुरुहरुले अनुरोध गर्दछन् । पूजाआजामा यही कुरालाई जोड दिइन्छ ।

हिमालय शेर्पा साँस्कृतिक केन्द्रको आयोजनामा केन्द्रकी अध्यक्ष आङछिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शेर्पा सोसाइटीकी महासचिव लाक्पाछोटी शेर्पाले गरेकी थिइन् ।

The post पोर्तुगलमा डुक्पा क्षेचीको अवसरमा पूजापाठ र शुभकामना आदानप्रदान appeared first on .



from https://ift.tt/2YqwHxQ

No comments:

Post a Comment

Pages