शेर्पा समुदायको महान चाड फङ्ङीको महत्व - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 3, 2019

शेर्पा समुदायको महान चाड फङ्ङीको महत्व

काठमाडौँ,१८ साउन – भाषा, भेषभूषा, धर्म, रहनसहन, रीतिरिवाज, संस्कारसंस्कृतिका धनी शेर्पाहरूले विभिन्न किसिमको चाडपर्वहरू मनाउने गर्दछन् । शेर्पा समुदायले मनाउने चाडपर्वहरू धार्मिक र सामाजिक गरी दुई किसिमका छन् ।

परम्परागत रुपमा शेर्पा समुदायका धार्मिक चाडपर्वहरू लामा, अनि र गाउँलेहरूका उपस्थितिमा गोन्पामा वा सर्वजनिक स्थलहरुमा मनाउने गर्दछन् भने कतिपय अवस्थामा केही धार्मिक पर्वहरू लामा आमन्त्रण गरी गोन्पाको अलावा घरमा सम्पन्न गरिन्छ । सामाजिक चाडपर्वहरू सम्पूर्ण गाउँले भेला भई सामूहिक रूपमा मनाउने चलन छ ।

शेर्पा समुदायमा रहेको धार्मिक चाडपर्वहरू डुम्जी, मणिरिम्डु मणि रिल्डब डुक्पा छेश्यि, छेवा चिथम्बा, डुवा, ञ्युङ्ने, बज्रगुरु दुङ्ग्युर, बुद्ध जयन्ती आदि हुन् । त्यसै गरी सामाजिक चडापर्वहरू लोसार, फङ्ङी, यारक्ष्याङ, लोसार पुलुक, मल्ज्यु दोङ्गु आदि हुन् । शेर्पा समुदायको सम्पूर्ण परम्परागत मूल्य मान्यता, संस्कारसंस्कृति र परम्परा बौद्ध दर्शनमा आधारित छ ।
शेर्पा समुदायको सामाजिक चाड मध्येका एक प्रमुख चाड हो फङ्ङी । फङ्ङी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो । यो चाड दथो (चन्द्र) पात्रोअनुसार छैटौँ महिनामा पर्छ भने सुर्य पात्रोअनुसार श्रावणमा पर्छ । चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ ।

यस दिन पानी मात्रा पिय पनि पौष्टिक तत्वयुक्त हुने विश्वासका साथ यो चाड मनाउदै आएको पाईन्छ । यस अवसरमा शेर्पाहरूले फङ्ङी चाड मनाउने चलन छ । यस चाडमा परम्परागत रुपमा सबै उमेर समूहको मानिसहरू एकै ठाँउमा भेला भई एक अर्कामा खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ । फङ्ङीको शब्दको अप्रभंश फङ्गी हो ।

फङ्ङी चाड भन्दा एक हप्ता अगाडि मल्क्ष्यु दुतुप भन्ने चाड मनाउने चलन छ । यो चाडमा गाउँघरका सबै उमेर समूहको हूल बनाएर खाजा बोकी गाउँघर नजिकैको धार्मिक आस्था बोकेको खोलानालामा गएर समूहगत रूपमा नुहाउने चलन छ । यसलाई मल्ज्यू दोङ्गु (मल्क्ष्यु दुतुप) भनिन्छ ।

ठमिछो शेर्पा किदुकको अध्यक्ष पासाङ छिरी शेर्पाका अनुसार काठमाडौंमा बसोबास गर्ने शेर्पाहरू गोदावरीको खोलामा गएर नुहाउने चलन छ भने खुम्बु क्षेत्रका शेर्पाहरू खुम्बु पासाङ ल्हमु गाउँपालिका स्थित खुम्बीयुल्हको ठेस्यो खोला, इम्जा खोला तथा गोक्योबाट बग्ने खोलामा गएर नुहाउने चलन छ । यसरी नुहाउँदा वर्षभरि निरोगी हुने र स्वस्थ्य तन्दुरुस्त रहने विश्वास गरिन्छ ।

यसरी नुहाई–धुवाई सकेपछि गाउँको गोन्पा, क्ष्योर्तेन, मनि आदि धार्मिक स्थलहरू सामूहिक रूपमा दर्शन गर्ने परम्परा छ । यो चाड मनाउनको लागि परम्परागत रूपमा समिति छनोट गरिएको हुन्छ । यसलाई फङ्ङी लावा भनिन्छ । यो चाडमा शेर्पा समुदायको परम्परागत सामूहिक श्याब्रु नृत्य तथा शेर्पा लोक गीतहरू जलु, ठलु आदि गाउने परम्परा छ ।

चाड मनाइ सकेपछि अर्र्कोे वर्षको लागि आयोजक समिति छनोट गरी नयाँ आयोजक समितिलाई स्वागत तथा पुरानो आयोजक समितिलाई खातक (खादा) द्वारा बिदाइ गर्ने चलन छ । यसरी चाडपर्वले गाउँका सबै उमेर समूहको सम्बन्धलाई बलियो तथा नातागोता चिनजान साथै समुदायमा लोप हुँदै गरेको संस्कृति जगेर्नामा महत्वपूर्ण टेवा पुगेको पाईन्छ । तर हिजो आज आधुनिकताले गर्दा यो चाड पनि लोप हुँदै गएको पाइन्छ ।

सेर्कु शेर्पा अनुसन्धानकर्ता, लेखक शेर्पा समुदायको मौलिक पहिचान तथा हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, महासचिव हुनुहुन्छ ।

The post शेर्पा समुदायको महान चाड फङ्ङीको महत्व appeared first on .



from https://ift.tt/31f8KGE

No comments:

Post a Comment

Pages