नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान बीच एकता अधिवेशन हुदै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 18, 2019

नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान बीच एकता अधिवेशन हुदै

१९अगस्ट ,जापान

नेपाल जापान विद्यार्थी समाजको अधिबेशन को पूर्व तयारीका लागी अधिबेशन मूलआयोजक समितिको बैठक अगस्ट १८ मा नागोया मा सम्पन्न भएको छ ।
नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) बीच एकता अधिवेशन आगामी सेप्टेम्बर २२ तारिखका दिन जापानको नागोयामा हुने भएको छ ।
उक्त एकता पश्चात संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहने गरी मूलआयोजक समितिले निर्णय गरेको छ ।
चेतन पौडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा तेज प्रकाश गुरुङ्ले स्वागत मन्तब्य राख्नू भएको थियो! भने कार्यक्रम संचालन महासचिव कृष्ण प्रसाद भुसाल ले गर्नू भएको थियो ।
जापानमा अध्यनरत् बिद्यार्थीहरूलाई आकस्मिक राहतकोष निर्माणका लागी बृहत् सांस्कृतिक कार्यक्रम समेत गर्ने भएका छन् ।
जसअन्र्तगत महाधिबेशनसम्ममा १० लाख भन्दा माथीको आपतकालीन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित कार्यबिधी तयार पार्ने सहमती समेत भएकोछः

१९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकतापश्चात विद्यार्थीहरुका विविध समस्या समाधान गर्न थप सहज हुने विश्वास गरिएको छ ।
उक्त कार्यक्रम एसिया प्यासीफ़िक सम्योजक पारसमणि पोखरेल ज्यूँ प्रमुख अतिथि,यसैगरी एसियाप्यासीफ़िक निवर्तमान सहसम्योजक गोविन्द श्रेस्ठ,आइसीसी सदस्य दिलाराम खरेल,बिशेष अतिथि अनेसास एसिया सचिव एवं एनआरएनए नागोया का पूर्व अध्यक्ष विष्णु प्रसाद घिमिरे त्यसै गरी अतिथिहरू अतिथि हरूमा एनआरएनए नागोया अध्यक्ष श्याम सीतल श्रेस्ठ ,पूर्व अध्यक्ष दीपक कार्की,नेसाज का पूर्व अध्यक्ष ऋषभ पौडेल,बिमल अधिकारी लगाएत ले शुभकामना मन्तव्य राख्दै बिधारथी समाज को कार्यक्रम मा पूर्ण रुप मा साथ र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नू भयो ।

The post नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान बीच एकता अधिवेशन हुदै appeared first on .



from https://ift.tt/2Z5V7fB

No comments:

Post a Comment

Pages