पोर्तुगलमा उदण्ड कार्कीको रौद्र रुप ! - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 18, 2019

पोर्तुगलमा उदण्ड कार्कीको रौद्र रुप !

यतिबेला पोर्तुगलमा एनआरएन पोर्तुगलका अध्यक्ष भनाउदा कुबेर कार्कीको चर्चा नकरात्मक रुपले निकै चुलिएको छ । आदिवासी जातिहरूप्रति अत्यन्तै नकरात्मक सोच राख्ने कार्कीले आफ्नो कार्यकालमा आदिवासी जनजातिहरूलाई पर धकेल्दै पोर्तुगलका नेपाली समाजलाई जातीय रुपले स्पष्ट रुपमा विभाजन गरेको गत अप्रिल १४ देखि नै हो । त्यत्तिबेला उनी नेतृत्वका एनआरएन पोर्तुगलले आयोजना गरेको कथित नेपाली मेलामा आदिवासी जनजाति महासंघलाई एउटा जिल्ला स्तरीय क्षेत्रीय समाजसँग तुलना गर्दै अत्यन्तै हेपाह प्रवृत्ति देखाएपछि जागारुक भएका पोर्तुगलका नेपाली आदिवासी जनजातिहरूले सोही दिन उस्तैप्रकारको कार्यक्रम गरी उनको मेलालाई कथित करार गरिदिएका थिए । त्यसपछि मनोगत रुपमा हच्किएपनि व्यक्तिगत अहंता र एकल जातीय निकृष्ट सोचका कारण उनले यस बिषयमा सो घटनाको समीक्षा संस्थागत रुपमा गर्न नै चाहेनन ।
बरु उनी भन्दा अगाडीका कार्यकालहरूले केही मात्रमा भए पनि नेपालको जातीय सामाजिक विविधतालाई सन्तुलन मिलाउदै सबैको साझा संस्थाको भाव दिने प्रयास गर्दै आएकोमा कुबेर कार्की नेतृत्वले गैह्र आवसीय नेपाली संघलाई गैह्र आवासीय नेपाली खस ब्राह्मण संघ (एन.आर.एन.के.बी.ए) को रुपमा संचालन गरे । अहिले उनी आफ्नो कार्यकालको उत्तरार्धमा छन् । कार्यकाल भरी नै कुनै न कुनै उदण्डताले चर्चामा आईरहन कोसिस गर्ने उनले सार्वजानिक मञ्चमा आक्रोशित हुँदै असामाजिक शब्द बोल्नेदेखि आफ्ना गलत कर्तुतहरूको बारेमा लेख्ने र प्रश्न गर्नेलाई धाक धम्की दिने र हातपात समेत गर्न पछि पर्दैनन् । उनले यतिसम्म की, आफ्नो सस्तो लोकप्रियताका लागि पोर्तुगल सरकारको आप्रवासी नीतिलाई पनि आफ्नो कार्यकालले भरपुर दबाद दिएर परिवर्तन गर्न लगाएको भन्ने प्रगति विवरण समेत सुनाउन भ्याए । एउटा जिम्मेवार संस्थाको नेतृत्वमा रहेर आफ्नो पद र अधिकारको बलमा गलत कृयाकलाप गर्ने अनि त्यसको विरुद्ध आएको प्रतिक्रिया सुन्न समेत हैसियत नराख्ने कुबेर कार्की जनसम्पर्क समिति पोर्तुगलले दुईबर्ष अगाडी एन.आर.एन पोर्तुगलमा भर्ती गरेका अध्यक्ष हुन । उनले अहिलेको अधिवेशनलाई लक्षित गरी अनलाईन मार्फन वितरण गरेको पञ्जिकृत सदस्य वितरणमा चरम अनियमितता गरेका छन । एकल जातीय र त्यसमा पनि खास आफु आवद्ध पार्टीका आस्थावनहरूको मात्रै बहुमत हुने प्रकारले सदस्यता वितरण गरेकाले निर्वाचन समितिमा उनले स्वीकृत गरेका २१७९ जना पञ्जिकृत सदस्यता मध्ये १९९ जनाको दावी विरोध परे र जसमा ५३ जना त विधान बमोजिम योग्यता नै नपुगेकोहरूलाई कुबेर कार्कीले सदस्यता वितरण गरेको कुरा निर्वाचन समितिले पुष्टि गरेको थियो । त्यसमा पनि धेरै जनालाई तोकिएको समयसीमा भन्दा धेरै पछि सम्म पनि दस्तावेज उपडेट गर्न लगाएर सदस्यता स्वीकृत गर्दै सदस्यता वितरणमा स्पष्ट रुपमा धाधाली गरेका हुन ।
कुबेर कार्कीले सदस्यता वितरण मै यस्तो धाधालीपना गर्नुको मुख्य एउटै उद्देश्य भनेको एन.आर.एन पोर्तुगलको मुख्य सकृय पदहरूमा कुनै पनि आदिवासी जनजातिहरूलाई स्थान नदिने ग्राण्डडिजाईन हो । सकेसम्म आफ्नै पार्टीमा भएका गोजीका मान्छेहरूलाई उक्त मुख्य पदहरूमा आसिन गराउने र त्यो नभएर आफ्नै जतिका खलककाहरूलाई मात्रै ती पदहरूमा निर्वाचत गराउने उनको योजना अहिले निर्वाचनको सम्मुखमा आएर सार्थक हुने अवस्थामा देखिएको छ । जसले गैह्रआवासीय नेपाली संघ लाई गैह्रआवासीय नेपाली खस ब्राह्मण संघको रुपमा व्यवहारिक रुपान्तरण हुनेछ ।
मौजुदा कार्यसमितिको अध्यक्ष हुनुको नाताले आफ्नो कार्यकाललाई सफलतापुर्वकसम्पन्न गर्दै अधिवेशनमा सकेसम्म सहमतीद्धारा सन्तुलित कार्यसमिति चयन गर्ने वातावरण सिर्जना गरेर आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने प्रायः सबै अध्यक्षहरूको चाहना रहन्छ र गर्छन पनि । तर कुबेर कार्कीको हकमा यसरी समाजलाई मिलाउदै एकतावद्ध गराउने मनासाय पिटिक्कै देखिदैन । सदस्यता वितरण मै धाधाली गरेर आफ्नो पक्षमा बहुमत प¥याएपछि उनले जसरी हुन्छ चुनाव गराएर आफ्नो नश्लबाहेक र त्यस भित्र पनि पार्टीबाहेकका मान्छेहरूलाई पाखा लगाउने योजना बुन्दै उनी यतिबेला व्यस्ता छन । त्यसैले यतिबेला उनी मौजुदा कार्यसमिति अध्यक्ष र अधिवेशन आयोजक समितिका संयोजकको भुमिका जस्तो सन्तुलित मध्यस्थताको भुमिका नभई जनजसम्पर्क समिति पोर्तुगलको सक्रिय कार्यकर्ताको भुमिका निर्वाह गर्दै हिडिरहेका छन । निर्वाचन समिति गठन गरेर प्रक्रियामा लैजानु एउटा पाटो हो तर त्यो नै सबै अन्तिम विकल्प कदापी होईन । त्यसका लागि सबै पक्षहरूको बीचमा वार्ता र संवादको वातावरण सिर्जना गराएर सकेसम्म सहमतीको आधारमा सन्तुलन मिलाएर नयाँ कार्यसमिति चयन गर्ने कुरा नै नपाली समाजको एकताका लागि उत्तम विकल्प हो तर, कुबेर कार्कीले त्यतातिर अलिकति पनि ध्यान दिएका छैनन । उनी त सकेसम्म नेपाली समाजको विभाजन चहान्छन् र त्यसमा पनि आदिवासी जनजातिहरूलाई पुरै पाखा लगाउने मनस्थितीमा रहेका छन । यस्तो तयारी मनस्थिती बनाएर बसेका उनलाई अगाडीका कार्यसमिति र पुर्व अध्यक्षहरूले नेपाली समाजको एकताका लागि आफ्नो कार्यकाल सम्पन्न गर्ने अधिवेशनका बेला खेलेको भुमिकाहरूको स्मरण गराउदा निकै आक्रोशित हुन्छन र उस्तै गरे दलबल सहित लिएर हातपात कै हदसम्म उत्रिन सक्ने कार्कीको रौद्र रुपमा यतिबेला पोर्तुगलमा देख्न सकिन्छ, सबैले हेर्दै गर्नुहोला । धन्यवाद ।

The post पोर्तुगलमा उदण्ड कार्कीको रौद्र रुप ! appeared first on .



from https://ift.tt/31M7F9l

No comments:

Post a Comment

Pages