शेर्पा पर्यटन व्यवसायी संघ नेपालले आफ्नो प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 17, 2019

शेर्पा पर्यटन व्यवसायी संघ नेपालले आफ्नो प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा सोनाम ग्याल्जेन शेर्पा

काठमाडौं ३२साउन – पर्यटन क्षेत्रमा आबद्ध सम्पूर्ण शेर्पा समुदायीहरुको हकहितलाई संरक्षण गर्ने उद्देश्यले स्थापन भएको शेर्पा पर्यटन व्यवसायी संघ नेपाल ( स्टीन )ले आफ्नो प्रथम महाधिवेशन भब्य सम्पन्न गरेको छ ।

शुक्रबार राजधानीमा सम्पन्न अधिबेसनबाट आगामी २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । मुलुकको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा क्रियाशील शेर्पा समुदायीहरु विश्वको विभिन्न स्थानमा छरिएर रहेका हुनाले सबैलाई एकै ठाउँमा गोलबद्ध भएर मुलुकको विकासमा थप टेवा पुर्याउने उद्देश्यले स्थापना भएको शेर्पा पर्यटन व्यवसायी संघको अध्यक्ष पदमा जिम्मेवारी सम्हाल्दै आउनु भएक सोनाम ग्याल्जेन शेर्पालाई पुन आगामी २ बर्षे कार्यकालको लागि अध्यक्ष पदमा सर्वासहमतिमा चयन हुनु भएको हो ।

त्यसैगरि बरिष्ठ उपाध्यक्षमा पेम्बा शेर्पा(संगम), उपाध्यक्ष ङावाङ ङिमा शेर्पा, महासचिव आङ पेम्बा शेर्पा, सचिव ओङ्दा शेर्पा, कोषाध्यक्षमा मिङ्मा तेन्जिङ शेर्पा र सहकोषाध्यक्षमा फुर्वा शेर्पा चयन हुनु भएको भएका छ।

नवगठित समितिको सदस्यहरुमा सदस्यहरुमा दावुटि शेर्पा, पासाङ ङिमा शेर्पा, पासाङ लमु शेर्पा, गोम्बा शेर्पा, फुरदिकि शेर्पा, देण्डी शेर्पा, आङ छोटी शेर्पा, ल्हमु शेर्पा चयन हुनु भएको छ ।

अधिवेशन पूर्वपर्यटन मन्त्री कृपासुर शेर्पाले उद्घाटन गरेका थिए। अधिबेशनमा १ सय ५० भन्दा बढी व्यवसायी सहभागी भएका थिए। संघमा ५ सय बढी सदस्य आबद्ध छन्।



from Sherpa media Group Nepal https://ift.tt/2N8Kr9v

No comments:

Post a Comment

Pages