प्रचण्डको भनाईप्रति तामाङ समाज पोर्तुगलको आपत्ति - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 26, 2019

प्रचण्डको भनाईप्रति तामाङ समाज पोर्तुगलको आपत्ति

जुन २६/लिस्बन – हिजो एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले बोल्ने क्रममा तामाङ जातिलाई होच्याएको भन्दै तामाङ समाज पोर्तुगलले आपत्ति जनाएको छ । दाहालले उक्त कार्यक्रममा बोल्दै नुवाकोटको तामाङनी केटीलाई बम्बई लगेर बेचेजस्तै गरी आफुले माओवादी आन्दोलनको विसर्जन नगरेको भन्ने भनाई राखेका थिए । हिजो विप्लप आफुसँगै कमिटीमा उनले भनेको भनाईलाई उदृत गर्दै यो प्रसङ्ग निकालेका थिए ।
उनको उक्त भनाईमा तामाङ समूदायकै नाम जोडेर गिज्याएको भन्दै सामाजिक संजालमा अहिले अध्यक्ष दाहालको चर्को आलोचना भईरहेको छ । यसै प्रसंङ्गमा तामाङ समाज पोर्तुगलले एक विज्ञप्ती जारी गर्दै दाहालको उक्त भनाईको कडा शब्दमा निन्दा गरेका छन । समाजका अध्यक्ष सुनिता ब्लोन तामाङको हस्ताक्षरमा जारी गरेको उक्त विज्ञप्तीमा भनिएको छ “हिजो लैङ्गिक र जातीय उत्पीडनको नारा अगाडी सारेर हजारौ तामाङ शहीदहरूको बलिदानीबाट आज हरेक सुविधाभोग गर्न पाईरहेका पुष्पकमल दाहालले तामाङ महिलाको उदाहरण दिएर विदेशमा बेचिन बाध्य महिलाहरूलाई जुन प्रकारले मजाकको बिषय बनाए, त्यो अति नै घृणित सोच र एकल जातीय अहंकारी मानसिकताको उपज हो । तसर्थ नेकपा अध्यक्ष पुष्पकमल दाहालको त्यो नीच सोचबाट अभिव्यक्त भनाईको घोर भत्सर्ना गर्दछु,” । देशको सरकार संचालन गरिरहेको पार्टीका अध्यक्ष जस्तो व्यक्तिले नेपालको एउटा उत्पीडित समूदायलाई गिज्याउने कार्य गरेकाले दाहालले तामाङ समूदायसँग सार्वजानिक रुपमा माफी माग्नुपर्ने भन्दै विज्ञप्तीमा नेपाल तामाङ घेदुङमार्फत माग गरेका छन ।

 

The post प्रचण्डको भनाईप्रति तामाङ समाज पोर्तुगलको आपत्ति appeared first on .



from https://ift.tt/2XEgROC

No comments:

Post a Comment

Pages