मिस मंगोल छात्रावृत्ति अभियानलाई पोर्तुगलबाट सहयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, June 24, 2019

मिस मंगोल छात्रावृत्ति अभियानलाई पोर्तुगलबाट सहयोग

जुन २४ /लिस्बोन । मिस मंगोल छात्रावृत्ति अभियानलाई शेर्पा सोसाईटी पोर्तुगलले सहयोग गरेका छन । आईताबार पोर्तुगलको राजधानी लिस्बोनमा सोसाईटीले एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्दै सो अभिायनका लागि सहयोग संकलन गरेको थियो ।
मिस मंगोल २०१८ की बिजेता जाङमु ईन शेर्पाको प्रत्यक्ष उपस्थितीमा आयोजित उक्त च्यारिटी डिनर कार्यक्रमबाट संकलित १३५० यूरो शेर्पा सोसाईटी पोर्तुगलका अध्यक्ष ओङगेल लामाले मिस मंगोल जाङमुलाई हस्तान्तरण गरेका थिए । औपचारिकता सहित साँझा ८ बजेबाट सुरु भएको कार्यक्रम शेर्पा सोसाईटी पोर्तगलका अध्यक्ष ओङगेल लामा शेर्पा सभापतित्वमा महासचिव ल्हाक्पा छोटी शेर्पाले संचालन गर्दै सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सोसाईटीका सल्लाहकार तथा एनआरएन आई.सी.सी सदस्य पेम्बा शेर्पा, विशेष अतिथिहरु, आदिवासी जनजाति महासंघ बेल्जियमका निवर्तमान अध्यक्ष पेम्बा गेल्बु शेर्पा, एनआरएन पोर्तुगलका उपाध्यक्ष नारायणकाजी थापामगर, मिस मंगोल २०१८ जाङमु ईन शेर्पा, अतिथिहरुमा शेर्पा सोसाईटी पोर्तुगलका सल्लाहकार धनराज शेर्पा, नेपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पा, प्रवासी एकता मञ्चका संयोजक गोविन्द पौडेल, आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष हेम गुरुङ, नेपाल पत्रकार महासंघ यूरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल, तामाङ समाज पोर्तुगलका अध्यक्ष सुनिता तामाङ, मगर समाज पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, किरात याक्थुम चुम्लुङका महासचिव रुकमान लिम्बु लगायत रहेका थिए ।
कार्यक्रम आयोजनाको औचित्यबारे प्रष्ट पार्दै शेर्पा सोसाईटी पोर्तुगलका उपाध्यक्ष कामाछिरिङ शेर्पाले स्वागत मन्तव्य राखिसकेपछि मिस मंगोल जाङमु शेर्पाले छात्रावृत्ति अभियानको बारेमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गर्दै सबैलाई सहयोग गरिदिन अनुरोध गरेकी थिईन । सोही क्रममा उनले यो अभियानलाई निरन्तरता दिन र पारदर्शी बनाउने केही आधारहरु समेत प्रस्तुत गर्दै प्रतिवद्धता जनाएकी थिईन । त्यसपश्चाद कार्यक्रमका अतिथिहरुले आ–आफ्नो भनाई राख्र्दै उक्त छात्रावृत्ति अभियानको प्रशंसा गरेका थिए ।

 

The post मिस मंगोल छात्रावृत्ति अभियानलाई पोर्तुगलबाट सहयोग appeared first on .



from http://bit.ly/2xaRup5

No comments:

Post a Comment

Pages