शान्ताद्दारा निर्देशन गरेको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियाको फिल्म अवार्डमा छनोट - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, June 22, 2019

शान्ताद्दारा निर्देशन गरेको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियाको फिल्म अवार्डमा छनोट

निर्देशक शान्ता नेपालीद्दारा निर्माण गरेको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियामा आयोजना हुने ‘फोकस एबिलिटी सर्ट फिल्म अवार्ड’ को लागि छनोटमा परेको छ ।

‘फोकस एबिलिटी सर्ट फिल्म अवार्ड’ शारीरिक अशक्त भएकाप्रति फिल्म मेकरको ध्यानकर्षण गराउन अस्ट्रेलियामा आयोजना हुने अवार्ड कार्यक्रम हो। ११ वर्षदेखि प्रदान हुँदै आएको अवार्डमा नेपालले दोस्रोपटक भाग लिने मौका पाएको छ। यसअघि रजनीश भण्डारीको ‘अञ्जनाको यात्रा’ले उक्त प्रतियोगितामा सहभागिताको मौका पाएको थियो ।

यस बर्ष शान्ता नेपालीले निर्देशन गरेको ‘नोथिङ इज इम्पसिवल’ फिल्म दुवै खट्टा गुमाएका रोल्पाका बेलायती भूपु सैनिकका बारेमा छ । भूपू सैनिक हरि बुढामगरको जीवनमा आधारित छोटो फिल्ममा उनका विभिन्न साहसिक कथा प्रस्तुत गरिएको छ। निर्देशक नेपाली स्वयंकै छायांकन तथा सम्पादन रहेको ५ मिनेट लामो भिडियो मुस्ताङमा तयार पारिएको हो।

सन् २०१० अप्रिलमा एम्बुसमा परेर दुवै खुट्टाको घुँडामाथिसम्म गुमाएका मगर यतिबेला सगरमाथा आरोहणको गर्ने तयारीमा लागि परेको छ । उनै मगरको कथालाई ‘एबिलिटी सर्ट फिल्म अवार्ड’ कार्यक्रममा सहभागिताको अवसर दिएको हो।

सेप्टेम्बरमा हुने अवार्ड कार्यक्रममा २ सय ४५ छोटा फिल्मले सहभागिता जनाएका छन्।

यस फिल्मलाई जिताउनको लागि भोट गर्न सक्नु हुनेछ ।
Voting को लागि

http://bit.ly/2Y5loGR

श्रोत नेपाल न्युज

The post शान्ताद्दारा निर्देशन गरेको सर्ट फिल्म ‘नोथिङ इज इम्पसिबल’ अस्ट्रेलियाको फिल्म अवार्डमा छनोट appeared first on .



from http://bit.ly/2IxVkz0

No comments:

Post a Comment

Pages