सोमफुरी शेर्पाको नेतृत्वमा नेपाली समाज पोर्तुगलको औपचारिक घोषणा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, June 24, 2019

सोमफुरी शेर्पाको नेतृत्वमा नेपाली समाज पोर्तुगलको औपचारिक घोषणा

२४ जुन/लिस्बोन – नेपाली संघीय समाज पोर्तुगल र अन्तराष्ट्रिय नेपाली समाज पोर्तुगलको समायोजन भएर नेपाली समाज पोर्तुगलको औपचारिक घोषणा भएको छ । आईताबार पोर्तुगलको राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरी साबिक नेपाली संघीय समाज पोर्तुगलका अध्यक्ष सोमफुरी शेर्पाको अध्यक्षतामा नेपाली समाज पोर्तुगलको नयाँ कार्यसमिति घोषणा गरेका हुन । नेपाली समाज, हालै संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको बीचमा एकीकरण भएर बनेको समाजवादी पार्टी नेपालको प्रवास संगठन हुन ।
समाजको नयाँ कार्यसमितिमा सह अध्यक्ष भरत ढकाल रहेका छन भने उपाध्यक्षहरुमा ओमकार खरेल, प्रशान्त गुरुङ, रविन चौधरी र रिञ्जी शेर्पा चयन भएका छन । त्यसै गरी महासचिवमा ईश्वर पाण्डे, उप महासचिवमा राजु लामा, सचिवमा सुशील आचार्य, विष्णुप्रसाद खतिवडा, फुर्वा लामा, अभिषेक माबुङ, कोषाध्यक्षमा पेम्बा गेलु शेर्पा र सह कोषाध्यक्षमा जिग्मे लामा, प्रवक्तामा प्रकाश गजमेर र युवा संयोजकमा दिनेश गुरुङ रहेका छन । सदस्यहरुमा सोनी शेर्पा, बिना भट्टराई, युगलकिशोर झा, सागर लामा, अस्मिता कँडेल, विपिनकुमार यादव, पुष्प गुरुङ, राजु वाइबा, फुर्वा शेर्पा र बलबहादुर राई घोषणा गरिएको छ ।

निर्वाचित कार्यसमितिलाई सल्लाहकार समितिका संयोजक धनाराज शेर्पाले सपथ ग्रहण गराईएको थियो । त्यस भन्दा अगाडी साबिक अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष धनराज शेर्पाको संयोजकत्वमा सल्लाहकार समितिको घोषणा गर्दै तत्कालिक संघीय समाजवादी फोरम नेपालका वैकल्पिक केन्द्रीय सदस्य पेम्बा गेलु शेर्पाले सपथ ग्रहण गराईएको थियो । शेर्पाको संयोजकत्वमा गठित सल्लाहकार समितिमा आनन्द गुरुङ, पेम्बा शेर्पा, स्वयम्भु तुलाधार, राजेन्द्र शेर्पा, राजन ढुंगाना, याम गुरुङ, कुमार योञ्जन, सुमन विक, आङनुरी शेर्पा, राजन सुनुवार, विमल पन्थी, कला राई, साङठु शेर्पा, बालगोपाल मगर, केन्द्र लिम्बु, बुनु राई, हरिकृष्ण पन्थी र दावा लामा रहेका छन ।

The post सोमफुरी शेर्पाको नेतृत्वमा नेपाली समाज पोर्तुगलको औपचारिक घोषणा appeared first on .



from http://bit.ly/2Yc4pCL

No comments:

Post a Comment

Pages