खुम्बु गाउँपालिकाभित्र प्लास्टिक जन्य वस्तुहरुलाई पूर्ण रुपमा निशेष - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 19, 2019

खुम्बु गाउँपालिकाभित्र प्लास्टिक जन्य वस्तुहरुलाई पूर्ण रुपमा निशेष

खुम्बु पासाङल्हमु गाउँपालिकाभित्र प्लास्टिक जन्य वस्तुहरुलाई निशेष गर्न सम्पूर्ण व्यावससायी हरुलाई आह्वान गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाल र वातावरणमा परेको असरलाई मध्यनजर गर्दै गाउँपालिकाले यो निर्णय गरिएको हो । गाउँपालिकाको पाँचौ गाउँसभाबाट परित गरिएको नीती तथा कार्यक्रमा जलवायु परिवर्तन र यसबाट मानवीय स्वास्थमा समेत प्रतिकुल असर परिने भएको हुनाले यस्तो निर्णय गरिएको गाउँपालिकाको प्रबक्त लाक्पा छिरी शेर्पाले जानकारी दिनु भयो ।

३० काइक्रोन भन्दा कमको प्लास्टिक, कोक, फ्यान्टा, पेप्सी, मिरिन्डा, स्प्राईट लगायत प्लास्टिक जन्य पेय पदार्थ आयत नियन्त्रण गरी क्यानमा मात्र आयत तथा विक्री वितरण गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी गराएको छ । गाउँपालिका भित्रका प्रतेक व्यावसयीहरुले सन् २०२० जनवारीबाट पूर्ण रुप्मा लागु हुने गरि निर्णय भएको हुनाले यस समय सम्मामा खरिद भएका सम्पूर्ण प्रलास्टिक जन्य पेय पर्दाथलाई विक्री वितारण गर्न पाउने र त्यस पस्चात भने पूर्ण रुपमा निशेष गर्ने निर्णय गरिएको सुचनामा उल्लेख गरिएको छ । प्लास्टिक जन्य वस्तुको प्रयोगमा निशेष सँगै गाउँपालिकाले सन् २०२० जनवरी १ गते पश्चात वडा कार्यलय मार्फत प्रत्येक घर दुरीमा पाँच प्रकारका कपाडाको झोला वितरण गर्ने पनि प्रबक्ता शेर्पाले जानकारी दिनु भयो ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यलाई सरसाफाई गर्न नेपाल सरकार, सगरमाथा प्रदुशन नियन्त्रन समिति ( एस.पि.सि.सि ), विभिन्न संघ सस्था लगायतको ध्यान केन्द्रित भई रहेको समयमा गाउँपालिकाको यो निर्णयबाट सकरात्मक असर पर्ने आशा गाउँपालिकाले गरिएको छ ।

The post खुम्बु गाउँपालिकाभित्र प्लास्टिक जन्य वस्तुहरुलाई पूर्ण रुपमा निशेष appeared first on .



from https://ift.tt/30qAUyx

No comments:

Post a Comment

Pages