राजधानीमा भदौ १८ बाट विद्य‍ुतीय बस गुड्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, August 28, 2019

राजधानीमा भदौ १८ बाट विद्य‍ुतीय बस गुड्ने

राजधानीमा पहिलोपटक भदौ १८ गतेदेखि सुविधासम्पन्‍न विद्य‍ुतीय बस सञ्‍चालन हुने भएको छ।

सुन्दर यातायात प्रालिले भदौ पहिलो साताबाट विद्य‍ुतीय बस सञ्‍चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारण १८ गतेसम्म पर्खनु परेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए।

विश्वव्यापी रूपमा खनिज पदार्थको कमी हुँदै गइरहेको अवस्था र विद्य‍ुतीय बस वातावरणमैत्री भएकाले सञ्‍चालन गर्ने निर्णय गरेको उनले बताए। ‘भादौ १८ गतेबाट विद्य‍ुतीय बस उपत्यकामा गुड्छन्,’ थापाले भने ।

प्रालिले पहिलो चरणमा सात बस सञ्‍चालन गर्न लागेको छ। दुई बस राजधानी भित्र्याइसकेको कम्पनीले थप पाँच बस दुई/तीन दिनभित्रै आइपुग्ने जनाएको छ।

राजधानीलाई स्वच्छ, सुन्दर बनाउन विद्य‍ुतीय बस सञ्‍चालन गर्न लागिएको उनले बताए। चिनियाँ कम्पनी सिचुवान गुअहङ अटो मोबाइल्सले निर्माण गरेको र बिएके ब्रान्ड नामका ती बस सुन्दर यातायातले ल्याएको हो।

‘विद्य‍ुतीय बस सञ्‍चालन खर्च सस्तो हुनेछ’, थापाले भने, ‘यस्ता बसले यात्रुलाई विश्‍वसनीय र भरपर्दो सेवा दिनेछन्। यसमा सरकार तथा अन्य निकायले पनि चासो देखाई सहयोग गरेकाछन्।’

प्रालिले होम चार्जिङ स्टेसनबाटै चार्ज गरेर बस सञ्चालन गर्ने तयारि गरेको हो। पहिलो चरणमा चक्रपथ र चक्रपथबाट भित्री सडकमा बस सञ्‍चालन गरिने जनाएको छ।

कम्पनीले ११ करोड ३४ लाखमा ७ वटा बस खरिद गरेको छ। जसअनुसार प्रतिबसको मूल्य १ करोड ६२ लाख हुन्छ भने १० लाख बराबरको चार्जिङ मेसिन कम्पनीले निशुल्क उपलब्ध गराएको छ।

सबै बस विकसित मुलुकमा जस्तै सुविधासम्पन्‍न भएको थापाले बताए। ‘हामीले ल्याएका बस उच्च गुणस्तरका छन्। उपत्यकामा भएका सडकको अवस्थाका बारेमा नौ/दश महिना अध्ययन गरेर बस ल्याउने निर्णय गरेका हौं। चक्रपथको अवस्था राम्रो भएकाले सुरुवाती चरणमा चक्रपथमा बस सञ्‍चालन गर्छौ’, उनले भने।

बस चीनमा बने पनि दुवै देशका प्राविधिक टोलीले सडक अध्ययन गरेर प्रालिकै डिजाइनअनुसार बस निर्माण गरिएको प्रालिले जनाएको छ।

चार्जिङ स्टेसन नबने पनि प्रालिले आफ्नै होमस्टेसनबाट चार्ज गरेर बस सञ्‍चालन गर्ने तयारी गरेको छ। विद्य‍ुत प्राधिकरणले विद्य‍ुतको दररेट नतोकेकाले चार्जिङ स्टेसन सञ्‍चालनमा नआउनेसमेत प्रालिले जनाएको छ। प्रालिले ग्यारेजमा चारवटा होमचार्जिङ स्टेसन राखेको छ।

कम्पनीले यसै आर्थिक वर्षभित्र उपत्यकामा २५ बस गुडाउने लक्ष्य लिएको छ। प्रदेश १ र ५ मा समेत विद्य‍ुतीय बस सञ्‍चालन गर्ने निर्णय गरेको छ।

डिजेलबाट चल्ने बसभन्दा विद्य‍ुतीय बसको भाडा २० प्रतिशतसम्म कम हुने कम्पनीले बताएको छ। अध्यक्ष थापाका अनुसार आफ्नै देशमा उत्पादन भएको बिजुलीका कारण भाडादर अन्य सवारीको तुलनामा कम हुनेछ।

४० सिट क्षमताका विद्य‍ुतीय बस प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा गुड्ने र युरो ७ मापदण्डअनुसार छन्। बस साढे १० मिटर लामा छन्। प्रालिका अनुसार चारवटा एसी जडित बसमा ३० यात्रुसम्‍मले उभिएर यात्रा गर्न सक्ने छन्।

बसमा बिरामीका लागि एक छुट्टै सिटको व्यवस्था गरिएको छ। उक्त सिटलाई आवश्‍वयताअनुसार फोल्डिङ गर्न सकिने छ। यो विशेष बिरामीका लागि निर्माण गरिएको सिट हो। बिरामी नभएको खण्डमा यो सिट बन्द रहने प्रालिले जनाएको छ।

अपाङ्गता भएका बेतिका लागि बसमा चार छुट्याइएको छ भने सिटमा रङ्समेत फरक लगाइएको छ। पछाडि बस्ने यात्रुलाई लक्ष्य गरी बसमा सिट प्लानिङ गरिएको छ। जसअनुसार बसका अगाडिका सिट होचा र पछाडि अग्ला छन्।

बसको प्रत्येक सिटमा सिट बेल्ट छ भने यात्रु कहाँबाट चढे र कहाँ पुगे भन्‍नेसमेत हेर्न सकिने व्यवस्था छ।

प्रालिले बसको बाहिरी-भित्री कुनै भागमा पनि पर्चा, पम्पलेट, विज्ञापन नगर्ने बताएको छ। बस काठमाडौका पाँच रुटमा गुड्ने छन्।

पहिलो रुटमा बसले चक्रपथ परिक्रमा गर्नेछन्। दास्रोमा नारायणथान, जावलाखेल-मेडिसिटी अस्पताल पुग्नेछन्।

तेस्रो रुट अन्तर्गत गोंगबु-सामाखुशी-गौशाला-कोटेश्‍वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् भने चौथो रुटमा ढुङ्गेअड्डा-कलंकी-त्रिपुरेश्‍वर-वीर अस्पताल-जमल-कृष्णपाउरोटी-रातोपुल -गौशाला-चाबहिल-बौद्ध-जोरपाटी-अत्तरखेल चल्‍नेछन्।

यस्तै अन्तिम रुट सूर्यविनायक-कोटेश्वर-बानेश्‍वर-वीर अस्पताल र जमल रहेको प्रालिले जनाएको छ।

The post राजधानीमा भदौ १८ बाट विद्य‍ुतीय बस गुड्ने appeared first on .



from https://ift.tt/2Hx1Ftr

No comments:

Post a Comment

Pages