राजनैतिक बिचार सहितकाे सामाजिक आन्दोलन जरुरी छ -नेफिन उपाध्यक्ष ,नवीन राेका मगर - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, August 12, 2019

राजनैतिक बिचार सहितकाे सामाजिक आन्दोलन जरुरी छ -नेफिन उपाध्यक्ष ,नवीन राेका मगर

फुर्वा शेर्पा: ११ अगस्ट ,टाेक्याे

नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नवीन राेका मगरले राजनैतिक चेतना बिना सामाजिक आन्दाेलन ठीक ठाउमा पुग्न नसकिने भएकाेले अब राजनैतिक बिचार सहितकाे आनेदाेलन गर्न जरुरी रहेकाे बताउनुभएकाे छ ।


नेफिन जापानले २५ आै बिश्व आदिबासी जनजाति दिवसकाे अबसरमा आयाेजित कार्यक्रममा प्रमुख अथितिकाे आसनबाट कार्यक्रमलाइ सम्बाेधन गर्नुहुदै उपाध्यक्ष मगरले आदिबासी जनजातिहरु राजनैतिक बिचारकाे रुपमा बिबिधता रहेपनि आदिबासी जनजातिहरुकाे मुद्दामा एक हुन समेत आग्रह गर्नुभयाे ।

कार्यक्रममा उपस्थित अधिकांश बक्ताहरुले आदिबासी जनजातिहरु एक जुट नभए सम्म माग र मुद्दाहरु सम्बाेधन हुन नसक्ने बताएका थिए । त्यस्तै उहाँहरुले जबसम्म राज्यको शाषण सत्तामा जनजातिहरूको समान प्रतिनिधित्व हुदैन तबसम्म जनजाति आन्दोलन निरन्तर जारी रहने समेत बताउनुभयाे ।
कार्यक्रमकाे समापन गर्नुहुदै महासंघका अध्यक्ष सुमन लेछर्बाे लिम्बुले उपस्थित सबैलाइ धन्याबाद ब्यक्त गर्नुभएकाे थियाे ।
टाेक्याे राेधी घरमा हिजाे सम्पन्न साेही कार्यक्रम महासंघका महासचिव शान्त पहरीले संचालन गर्नुभएकाे थियाे भने  कार्यक्रम संयाेजक  पेम्बा शेर्पाले शुभकामना मन्तब्य सहित आदिबासी जनजातिहरुकाे सवाल र मुद्दाहरुबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा जापानमा रहेका बिभिन्न सामाजिक संस्था ,जातिय यंस्थाहरुकाे प्रतिनिधि ,ब्यबसायी ,बिध्यार्थी ,पत्रकारहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

यसैबीच प्रमुख अथिति मार्फ़त जापानमा  रहेका जातिय संस्थाहरुलाइ सम्बन्धन पत्र दिनुका साथै जनजातिहरुकाे हक हित र गतिबिधिहरुसंग नजिक रहेर कलम चलाउदै आएका पत्रकारद्वय सजिना माेक्तान र फुर्वा शेर्पालाइ प्रशंसा पत्रसहित सम्मान गरेकाे छ

The post राजनैतिक बिचार सहितकाे सामाजिक आन्दोलन जरुरी छ -नेफिन उपाध्यक्ष ,नवीन राेका मगर appeared first on .



from https://ift.tt/2Me9gku

No comments:

Post a Comment

Pages