जनजातीले महासंघ कोरियाले दुई बुँदे मागसहित दश हजार हस्ताक्षर बुझायो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, August 11, 2019

जनजातीले महासंघ कोरियाले दुई बुँदे मागसहित दश हजार हस्ताक्षर बुझायो

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले दुई बुँदे मागसहित दश हजार हस्ताक्षर नेपाली दुतावासलाई बुझाएको छ । आइबार महासंघका अध्यक्षसहितको टोलीले कोरियाका लागि नेपाली दुतावासका कार्यबाहक राजदुत राम सिंह थापालाई कार्यालयमै पुगी बुझाएको हो ।

ज्ञापन पत्रमा ‘राजनीतिक बन्दी सांसद रेशम चौधरीलाई यथाशिघ्र रिहाई गरी न्यायिक समनता कायम गरियोस् र लोक सेवा आयोगलै लिएको असबैधानिक परिक्षा रद्द गरी पुनः समावेशीताको आधारमा परिक्षा संचालन गरियोस्’ भन्ने माग रहेको छ । ज्ञापन पत्रसहित दश हजार भन्दा बढी हस्ताक्षर बुझाएको महासंघ अध्यक्ष युगेल तेन्डुप शेर्पाले जानकारी दिए । हस्ताक्षरले महासंघ लगायत विभिन्न जातिय संस्थाहरुले निरन्तर रुपमा नेपालमा आन्दोलन गरिरहेका कार्यक्रममालाई समर्थन गरेको बताएको छ ।

ज्ञापन पत्र र हस्ताक्षर हस्तान्त्ररणपछि नव नियुक्त कार्यबाहक राजदुत थापाले नेपाल सरकारको सम्बन्धीत निकायमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरे । महासंघका अध्यक्ष शेर्पाले विगतको दिनमा दुतावासले ज्ञापनपत्र लागयत विभिन्न कार्यक्रमा बारे सकरात्मक नभएकोमा यो पटक संवेदनशील र सैद्धान्तिक रुपमा प्रस्तुत भएकोमा खुशी ब्यक्त गरे

हस्तान्तरण कार्यक्रममा महासंघका प्रमुख सल्लाहकार चित्रबहादुर मोक्तान, बरिष्ठ सल्लाहकार मल्लिका थकाली लगायत जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थियो ।

The post जनजातीले महासंघ कोरियाले दुई बुँदे मागसहित दश हजार हस्ताक्षर बुझायो appeared first on .



from https://ift.tt/2TpaZUZ

No comments:

Post a Comment

Pages