जर्मनमा मृत्यु भएका मिङमा डोमाको शब शेर्पा संघ यूरोपको सहयोगमा नेपाल पठाईने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 12, 2019

जर्मनमा मृत्यु भएका मिङमा डोमाको शब शेर्पा संघ यूरोपको सहयोगमा नेपाल पठाईने

१२ जुलाई/लिस्बन – बैदेशिक रोजगारीको सिलसिलामा साईप्रस आएकी मिङमा डोमा शेर्पाको उपचारको क्रममा गत जुलाई ६ तारीख जर्मनको बर्लिनमा मृत्यु भएको छ । साईप्रसमा घरेलु कामदारका रुपमा आएकी उनी त्यहाँ आएको छोटो समयमा नै बोनम्यारोको विरामी भएपछि केही समय साईप्रसमै उपचार गरेपनि त्यहाँ सबै उपचार सम्भव नभएपछि आफु काम गरिरहेको घरधनी र शेर्पा किदुग साईप्रसको समेत सहयोगमा डेढ बर्ष पहिले जर्मनीमा उपचारका लागि ल्याईएको थियो । लामो समय बर्लिनको अस्पतालमा नै रहेर उपचार गरेता पनि अन्ततः उनको त्यही उपचारको क्रममा मृत्यू भएको हो ।
उनको मृत्यु भएपछि नेपालबाट परिवारले शबलाई नेपाल पठाईदिन अनुरोध गरेता पनि आर्थिक अभावका कारण समस्या भएपछि शेर्पा संघ यूरोपको आर्थिक सहयोगमा शब जर्मनबाट नेपाल पठाउने तयारी भएको शेर्पा संघ यूरोपका महासचिव साङठु शेर्पाले जानकारी दिएका छन । महासचिव शेर्पाका अनुसार जर्मनमा संघका सल्लाहकार पासाङ देण्डी शेर्पा र सदस्य कर्मा शेर्पाको पहलमा सबै कागाजी प्रक्रिया पुरा गरेर संघकै आकास्मिक कोषबाट आर्थिक भुक्तानी समेत भई उनको शबलाई नेपाल पठाउने अन्तिम तयारी भएको छ । शब नेपाल पठाउनका लागि बेलायतबाट शेर्पा संघ यूरोपकी कोषाध्यक्ष नुमु शेर्पाले ५ हजार आठ सय यूरो जर्मनस्थित शब बाहन कम्पनीलाई भुक्तनी गरिसकेको जानकारी दिएकी छन ।

The post जर्मनमा मृत्यु भएका मिङमा डोमाको शब शेर्पा संघ यूरोपको सहयोगमा नेपाल पठाईने appeared first on .



from https://ift.tt/2SeBE6q

No comments:

Post a Comment

Pages