टानमा चुनावी चहलपहल शुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, June 17, 2019

टानमा चुनावी चहलपहल शुरु

शेर्पा पर्यटन व्यावसायी संघको तर्फबाट अध्यक्षमा माया शेर्पा र संगम शेर्पा,सोनाम छिरिङ शेर्पा र महासचिबमा राजेश्वरी थापामगर र कोषाध्यक्षमा सरिता लामाको नाम चर्चामा छ ।

पदयात्रा व्यवसायीहरुको साझा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा ट्रेकिङको बसन्त ऋतुको सिजन सकिएसंगै चुनावी चहल पहल सुरु भएको छ । वर्तमान टान कार्यसमितिले आउदो सेप्टेम्बरको दोस्रो हप्ताभित्र निर्वाचन गर्ने तयारी थालेपछि बजारमा विस्तारै चुनावी चहलपहल सुरु भएको हो ।

टानको आगामी नेतृत्वको लागि कसलाई उम्मेदवार बनाउने भन्ने पहल भिविन्न राजनीतिक दल निकट र जातीय पर्यटन व्यवसायी संगठनहरुले गरेको छ । नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यावसायी संघ(नीट) सम्बद्ध व्यावसायीको तर्फबाट मकालु एड्भेञ्चरका संचालक मोहन लम्साल, टानका बर्तमान बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुबेदी र माउण्टेन लिडर ट्रेकिङका संचालक केशव पाण्डेको नाम चर्चामा छ । मोहन लम्साल गत निर्वाचनमा अध्यक्षमा पराजित भए पनि पर्यटन क्षेत्रमा राम्रै पहुंच भएका व्यक्ति हुन । टानका बर्तमान बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुबेदीको भने मोहन लम्सालको जस्तो पहुंच छैन भने खुम सुवेदी उम्मेदवार भएमा बिपक्षीलाई सजिलै जित्न मद्दत पुग्नेछ । केशव पाण्डे नीटका जुझारु र जोसिला उम्मेदवार हुन तर लायन्स क्लबमा सेकेण्ड भाइस गर्भनर भए पछि टान तिर अध्यक्ष भन्ने संभवना निकै कम छ । यद्यापि केशव पाण्डे अध्यक्षका उम्मेदवार भएमा उनको सम्भावना भने लगभग निश्चित जस्तै देखिन्छ ।
त्यस्तै पर्यटन व्यावसायी संगठन नेपाल सम्बद्ध व्यावसायीको तर्फबाट आसाई ट्रेक्स एन्ड एक्सपिडिसनका संचालक कुमार थापा (अञ्जन) र आउटडोर हिमालयन ट्रेक्सका सञ्चालक राजेन्द्रप्रसाद सापकोटाको नाम चर्चामा छ । तत्कालिन एमाले निकट राष्ट्रिय पर्यटन व्यावसायी संगठनकबाट बिद्रोह गरि पर्यटन व्यावसायी संगठन नेपाल नामक संगठन खोलेका कारण कुमार थापा (अञ्जन) वा राजेन्द्रप्रसाद सापकोटा अध्यक्षको उम्मेदवार बनेमा जित हात पार्न भने फलामको चिउरा चपाउनु सावित हुनेछ । त्यसैगरी नेकपा निकट राष्ट्रिय पर्यटन व्यावसायी संगठनको तर्फबाट टानका प्रथम उपाध्यक्ष जीवन थापामगर र हिमालयन अनफुट्सका मुक्ति पाण्डे चर्चामा छन । त्यस्तै शेर्पा पर्यटन व्यावसायी संघको तर्फबाट अध्यक्षमा माया शेर्पा र संगम शेर्पा,सोनाम छिरिङ शेर्पा र महासचिबमा राजेश्वरी थापामगर र कोषाध्यक्षमा सरिता लामाको नाम चर्चामा छ । यता टानका पुर्व उपाध्यक्ष तेज गुरुङ र वर्तमान प्रथम उपाध्क्ष जीवन थापामगरको नाम पनि अध्यक्षको दावेदारीको रुपमा रहेको देखिन्छ । त्यस्तै शेर्पा पर्यटन व्यावसायी संघको तर्फबाट अध्यक्षमा माया शेर्पा र महासचिबमा राजेश्वरी थापामगर उम्मेदवार बनेमा नेकापा निकट राष्ट्रिय पर्यटन व्यावसायी संगठनको पनि सहयोग पाउने र महिला समेत भएकोले संभवना निकै राम्रो देखिन्छ । स्मारणीय छ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहन संघमा शेर्पा समुदयको मत निर्णयक मानिन्छ ।
टानको भावी नेतृत्वले पदयात्रा व्यवसायको क्षेत्रमा पछिल्लो आवस्थामा देखा परेको भिविन्न कर,भ्याट,टिम्स,आफुखुशी पदयात्रामा जाने बिदेशीहरु बढेको,होटेलहरुले शुल्क उठाएको,राष्ट्रिय निकुञ्जले गाइड लाइसेन्स जारी गरेको लगाएका समस्यहरु प्रमुख रुपमा रहेकोले अबको नेतृत्वले ती समस्यहरुलाई समधान गर्न सक्नु पर्दछ । पर्यटन व्यावसायीहरुले भने पदयात्रा पर्यटन व्यावसायमा अस्वस्थ प्रतिष्पर्धा र चरम समस्याहरुको समाधानको लागि टानमा सर्बसहमतिय नेतृत्व आवश्यक रहेको बताए ।

The post टानमा चुनावी चहलपहल शुरु appeared first on .



from http://bit.ly/2Y1xtx3

No comments:

Post a Comment

Pages