शेर्पा पर्यटन व्यवसायी संघको जगडोलदेखि नागी गुम्बा सरसफाइ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, June 5, 2019

शेर्पा पर्यटन व्यवसायी संघको जगडोलदेखि नागी गुम्बा सरसफाइ

 

विश्व वातावरण दिवस उपलक्ष्यमा´´ Reduce,Refuse,Reuse,Recycle plastic Bags” नाराक सथा शेर्पा पर्यटन व्यवसायी संघ नेपालले गोकर्णश्वर नगरपालिका जगडोल देखी नागी गुम्बा सम्माको क्षेत्रमा आज बिश्व वातावरण दिवसको अवसरमा सरसफाइ गरेको छ ।
दिवसको उपलक्ष्यमा शेर्पा पर्यटन व्यवसायी संघको आयोजनामा नेपाल शेर्पा महिला संघ ,शेर्पा संन्चार समुह नेपाल तथा विभिन्न ब्यक्तिहरुको सहभागीतमा त्यस क्षेत्रको जङ्गल सरसफाइ गरेको हो । सरसफाइ पश्चात् बोतल र प्यस्टिक लाई जम्मा गरि गोकर्णश्वर नगरपालिकालाई जिम्मा लगाएको छ भने कागज र पुरानो लुङ्दरलाई त्यहीँ ब्यबस्थापन गरेको छ । सो कार्यक्रम पुर्व सामान्य प्रसंसन राज्य मन्त्री ओङ्दी शेर्पाको समेत सहभागीत रहेको थियो । उहाँले हरेक वर्ष मनाइने यस्ता वातावरण दिवस वा वातावरण संरक्षण सम्बन्धि कृयाकलापहरू केबल दिवसमा मात्र सिमित रहनु नहुने नहुने दिवसमा मात्र हैन प्रत्येक दिन, प्रत्येक क्षण वातावरण सन्तुलनका लागि सोच्ने बेला आएको बताउनु भयो । हामी बाँच्नैका लागि सन्तुलित वातावरण चाहिने र हाम्रा प्रत्येक कृयाकलापका कारण नै वातावरण प्रतिकूल बन्ने भएका कारण पनि यसका विषयमा अत्यन्त गम्भीर हुनु आजको आवश्यकता रहेको र सर्बप्रथम हाम्रा कस्ता कार्यले वातावरणमा नकरात्मक असर परी वातावरणीय असन्तुलन हुन्छ र हामीले के गर्दा यसमा सन्तुलन कायम गर्न सकिन्छ भन्ने विषमा सोच्ने हो भने वातावरण संरक्षण वा सन्तुलनका निमित्त कुनै पनि ठूला योजना तथा आयोजनाको आवश्यकता नपर्ने बताउनु भयो । शेर्पा पर्यटन व्यवसायी संघ नेपालको अध्यक्ष सोनाम ग्यल्जेन शेर्पाले हाम्रा दैनिक कृयाकलापबाट उत्पन्न हुने वातावरणीय असन्तुलनको कृयाकलापहरू ठूला पनि हुन्छन् र केही सामान्य पनि हुन्छन् र ठूला कृयाकलापले वातावरण ठूलै खैलाबैला निम्त्याउन सक्ने तर्फ ध्यानाकर्षण गराउनु भयो ।ठूलो होस् या सानो वातावरणमा असन्तुलन निम्त्याउने कार्य सबैले आ–आफ्नो स्थानबाट न्यूनीकरण गर्न सक्नु पर्न बताउनु भयो । उहाँले यस क्षेत्रमा अब सदैमा सफल रख्नुमा स्थानीयले सहयोग गर्नु पर्ने बन्दै अगमी दिनमा पुनः सरसफाइ कार्यक्रममा गर्ने बताउनु भयो ।



from Sherpa media Group Nepal http://bit.ly/31axqAT

No comments:

Post a Comment

Pages