पिके डाँडा अर्थात् लुकेको हिरा तस्बिरमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 25, 2019

पिके डाँडा अर्थात् लुकेको हिरा तस्बिरमा

८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाउँदा कसको मन नरमाउला ? प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ ।

हामी कुरा गर्दैछौं, सोलुखुम्बु जिल्लास्थित पिके डाँडाको । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिन्छ पिके डाँडा । समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर उचाईमा रहेको पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ । साथै पूर्वको कन्चनजघा हिमालदेखि पश्चिमको धौलागीरीसम्म दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाईजहाज पिके डाँडाभन्दा तल भएर जाँदाको दृश्य उत्तिकै मनमोहक हुन्छ ।

सहजै पुग्न सकिने भएर पनि पिके डाँडाको उचित प्रचारप्रसार तथा प्रवद्र्धन हुन सकेको छैन । प्रचार प्रसरा गर्न सके यो आन्तरीक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ ।
पिके डाँडामा अत्याधि हावा चल्ने भएकाले न्यानो कपडा लगाएर जानु राम्रो हुन्छ । सल्लेखरीदेखि पिकेडाँडासम्म पदमार्ग ब्यबस्थित गर्न भने जरुरी छ । सल्लेखरीबाट पिके डाँडासम्म जाँदा सूचना बोर्डहरु छैनन् । यसले पर्यटकलाई अलमलमा पर्न सक्ने भएकाले पर्याप्त मात्रामा सूचना बोर्डहरु राख्न जरुरी छ ।

पदयात्राका सौखिनहरु सँधै नयाँ गन्तव्यको खोजीमा हुन्छन् । यदि तपाईं पनि यस्तै खोजीमा हुनुहुन्छ भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ । यसलाई पर्यटकहरुले ‘लुकेको हिरा’ पनि भन्छन् ।

अनलाइन खबर बाट

The post पिके डाँडा अर्थात् लुकेको हिरा तस्बिरमा appeared first on .



from http://bit.ly/31PXZeU

No comments:

Post a Comment

Pages