सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पा सम्मानित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, August 4, 2018

सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पा सम्मानित

गुदेल शेर्पा किदुक समाजले सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पालाई सम्मान गरेको छ । महाकुलुङ -४ तिउ निबासी शेर्पाले गत मे १७ मा किदुकको झण्डा बिश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फरफराउन सफल भएको भन्दै किदुकले आफ्नो सातौं बार्षिक साधारणसभामा सम्मान गरिएको हो ।

रामहिटी बौद्ध स्थित किदुकको कार्यलयमा सप्पन्न साधारणसभामा शेर्पाले सगरमाथामाको चुचुरोमा किदुक झण्डा सहितको तस्बिर संस्थालाई हस्तान्तरण गरिएको थियो । ७ पटक सगरमाथाको शिखरमा पाईला टेकि सकेका शेर्पालाई गुदेल शेर्पा किदुक समाजका अध्यक्ष लाक्पा तेन्जी शेर्पाले सम्मान पत्र हस्तान्तरण गर्दै यो एतिहासिक योगदानलाई संस्थाले कहिलै नबिर्सिने बताए ।

बि.स. २०६८ सालमा स्थापना भएको किदुकले शिक्षा,स्वास्थ्य, पर्यटन र पुन: निमाणमा क्षेत्रमा योगदान पुर्याउदै आएको छ । किदुकको अध्यक्ष लाक्पा तेन्जी शेर्पाको सभापतित्वमा सम्पन्न किदुकको बार्षिक साधारणसभामा कोषाध्यक्ष तेम्बा शेर्पाले आर्थिक बर्ष २०७४/७५ को आर्थिक प्रतिबेदन र सचिब नुरु शेर्पाले संस्थाको बार्षिक प्रगति प्रतिबेदन र आगामी योजना तथा कार्यक्रमहरु सभामा प्रस्तुत गरिएको थियो ।

The post सगरमाथा आरोही दावा ग्याल्जेन शेर्पा सम्मानित appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2vzNHjF

No comments:

Post a Comment

Pages