एस इइ दिएका विद्यार्थीहरुका लागि परामर्श कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 7, 2018

एस इइ दिएका विद्यार्थीहरुका लागि परामर्श कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

काठमाडौँ, आषाढ २३ । पहिलो महिला पत्रकार सगरमाथा आरोही र शेर्पा फर चेन्जले संयुक्त रुपमा आयोजना गरेको परामर्श (करियर काउन्सिलिङ) कार्यक्रम के एल टावर हाइभ लन्चमा सम्पन्न भएको छ ।


विभिन्न विषयमा विज्ञाता हासिल गरेका व्याक्तिहरुले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई ११ र १२ (प्सटु)मा अध्ययन गर्ने विषयबस्तुको बारेमा जानकारी दिनु भएको थियो ।
परामर्श इन्जिनियर सोनाम लामा, डाक्टर छेवाङ शेर्पा, आङ जाङमु शेर्पा (नर्स), सोनाम टासी शेर्पा (कम्प्युटर इन्जिनियर), निसान श्रेष्ठ (विजनेस म्यान), होम नाथ न्योपाने( विजनेस, मार्केटिङ एस्पोट), अनुप मिश्र (पर्यटन व्यावसाही), आरति शिल्पकार (मल्टीमिडिया, पत्रकारीता) र कार्यक्रमको संचालन नायारण कडरियाले गर्नु भएको थियोे । उहाँहरुले अध्ययन गर्ने विषयबस्तुको बारेमा जानकारी, अनुभवहरु बाढ्नु भएको थियो । एसइइ दिएर बसेका विद्यार्थीहरुले कार्यक्रममा अध्ययन गर्न मन लागेको विषयमा जिज्ञासा राखेका थिए भने समाजसेवी आङ कामी शेर्पाले बैदेशिक रोजगारमा जादाको समस्या र त्यसको न्युनिकरण बारेमा जनचेतना मुलक सन्देश दिनु भएको थियो ।


कार्यक्रम पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आराही डोमा शेर्पा र शेर्पा फर चेन्जले एसइइ दिएका विद्यर्थीहरुमा विषयबस्तु छनोटमा समस्या देखेकोले आयोजना गरेको जानकारी दिएको छ । शिक्षा क्षेत्रमा विकाश गर्नका लागि यस्तो कार्यक्रम हुनु पर्ने सहभागीहरुको भनाइ थियो ।
कार्यक्रममा १०० जना भन्दा बढी एसइइ दिएका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2KGeCoi

No comments:

Post a Comment

Pages