शेर्पा संघ र शेर्पा किदुग फरक उद्धेस्यको सस्था हो विवाद गर्नु हुदैन । संसाद जिपछिरिङ लामा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 7, 2018

शेर्पा संघ र शेर्पा किदुग फरक उद्धेस्यको सस्था हो विवाद गर्नु हुदैन । संसाद जिपछिरिङ लामा

न्युयोर्क । शेर्पा संघ अमेरिकाले नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामा शेर्पालाई न्युयोर्कमा स्वागत एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शेर्पा नेपाल शेर्पा संघका पूर्व अध्यक्ष तथा हालको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने शेर्पा समूदायबाट एक मात्र नेता हुन् ।

न्युयोर्कको थकाली किचन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सांसद जिपछिरिङ लामा शेर्पाले नेपालमा शेर्पाहरुले विस २००३ सालदेखि राजनीतिमा लागेर मुलुकलाई ठुलो योगदान पु¥याएको स्मरण गर्दै शेर्पा समूदायप्रति राजनीतिक दलहरुको दृष्टिकोण साँघुरो भएकोले सक्षम शेर्पाहरुले टिकट पाउन नसकेको गुनासो गरे । ‘हिजो माओवादीले जनजातिलाई खुसी पार्न धेरै प्रदेश बनाउने सपना बाँडे, आरक्षणको कुराहरु धेरै गरे तर व्यवहारमा प्रदेशको त कुरै छाडौ स्वायत्तसमेत दिन सकेन,’ सांसद लामाले भने, ‘माओवादी जस्तै अन्य पार्टीको शेर्पा समूदायप्रतिको दृष्टिकोण फेरिएको छैन ।’

शेर्पाले थपे, ‘भूकम्पले क्षतिग्रस्त धार्मिक सम्पदा गुम्बाहरुलाई अहिलेसम्म पनि सरकारले वेवास्ता गरेको र हाम्रो सँस्कृतिसँग गाँसिएको खादालाई प्रयोगमा बन्द गर्न लागेको विरोधमा सांसदमा मैले आवज उठाइरहेको छु ।’ नेपालमा शेर्पा समूदायबाट शेर्पाहरु राजनीतिमा माथि उठन नसक्नुमा दलहरुको हेर्ने दृष्टिकोण साँघुरो हुनुको साथै केही जिल्लाका शेर्पाहरु वीच आपसी पारिवारिक विवादको कारण अघि बढ्न नसकेको दुखेसो व्यक्त गरे ।सांसद शेर्पाले अमेरिकामा शेर्पा किदुग र शेर्पा संघ भएकोमा कसैले पनि विवाद गर्नु पर्ने जरुर नभएको बताए । ‘नेपालमा शेर्पा संघ र शेर्पा सेवा केन्द्र फरक उद्देश्यले खोलेका छन् अरु पनि संस्थाहरु छन सबै राम्ररी अघि बढेको अवस्थामा अमेरिका जस्तो मुलुकमा शेर्पा संघ खोल्यो भनेर विवाद र विरोध गर्नु पर्ने जरुर छैन,’ उनले भने, ‘ शेर्पा किदुगले धार्मिक र सामाजिक कार्य गर्नुस् संघले राजनीतिक जागरणको कार्यहरु गर्नुस् तर जे गरेपनि आपसमा मिलेर दुबैको कार्यक्रममा सहाभागी हुनुहोस ।’

शेर्पा संघ अमेरिकाले गत वर्ष एक वृहत भेलाको आयोजना गरी शेर्पा संघ अमेरिका तदर्थ समिति गठन गरिसकेको छ । संघको संयोजक निमा शेर्पाको संयोजकत्वमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पाले सांसद जिपछिरिङ शेर्पाले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनको राजनीतिक जीवनको शुभकामना दिएका थिए ।

त्यस्तै जन सम्पर्क समितिको पूर्व उपाध्यक्ष मिङमा शेर्पाले नेपाली कांगे्रस पाटी नेतृत्वको कमजोरीले केन्द्र हुदै प्रवाससम्म समस्या देखिएकोले बेलैमा सुधार्न सांसद शेर्पालाई आग्रह गरेका थिए । त्यसैगरी एनआरएन अमेरिका पर्यटन संयोजक जाङबु शेर्पाले नेपालको पर्यटन क्षेत्रमा हाल ट्रेकिङ कम्पनहरुले विमा कम्पनीहरुसँग मिलेर विदेशीलाई ठगेको घटनाको बारेमा सांसदमा बोलिदिन आग्रह गरेका थिए । शेर्पा किदुगका महासचिव तेन्डी शेर्पाले शेर्पा समुदायमा सामाजिक र राजनितिक क्षेत्रमा माथि उठेका संसाद जीपछिरि लामाप्रति समुदाय गौरन्वीत भएको बताएका थिए ।

त्यस्तै नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्व अध्यक्ष तथा एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले राजनीतिक संस्कार र चेतनाको अभावकै कारण नेपालमा शेर्पा समूदाय राजनीतिमा पछि परेको उल्लेख गर्दै नेपालको शेर्पा समूदायलाई शैक्षिक क्षेत्रमा अघि बढाएर राजनीतिक प्रशिक्षण दिन सांसद शेर्पालाई आग्रह गरे । कार्यक्रममा शेर्पा संघ अमेरिकाका संयोजक निमा शेर्पाले अमेरिका रहेका शेर्पा समूदायलाई विशुद्ध राजनीतिक जागरणका लागि सबैको भावना अनुरुप गत वर्ष स्थापना भएको तदर्थ समितिले चाँडै अधिवेशन गर्न लागेको जानकारी दिए ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2KSqGlF

No comments:

Post a Comment

Pages