ह्योल्मो भाषामा बन्न लागेको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, July 27, 2018

ह्योल्मो भाषामा बन्न लागेको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक

आदिवासी ह्योल्मो समुदायको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक भएको छ । ठिलेन इन्टरटेनमेन्टको ब्यानरबाट बन्न लागेको चलचित्रमा ठिलेन लामाको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्र भदौको पहिलो हप्ताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।

हेलम्बु, मनाङ्ग र काठमाडौँमा खिचेने चलचित्रलाई सर्किनी ह्योल्मोले लगानी गरेकी हुन् । चलचित्रमा ३ ओटा गीतहरु रहनेछन जसमध्ये एउटा गित चर्चित गायक राजु लामाले गाएका छन् भने ३ ओटै गीतमा संगीत भने दावा डी. ह्योल्मोले भरेका छन् ।

राम कुमार के. सी.ले खिच्ने चलचित्रमा ठिलेन लामा, निमा डोल्मा लामा र दावा दोर्जे लामाको मुख्य भूमिका रहने चलचित्रमा छेम्बेल ह्योल्मो, भिम ज्यावा लामा, कान्छी माया र पेमा लामाको अभिनय रहने छ, त्यस्तै चलचित्रमा चर्चित हास्य कलाकार डोमा ह्योल्मोलाई अथिति कलाकारमा देख्न पाइनेछ ।

ह्योल्मो भाषामा बन्ने चलचित्रले ह्योल्मो समुदायको वास्तविक रहनसहन, भेषभुषा र सस्कृतिलाई दर्शक सामु पस्कने बताउछिन चलचित्र निर्माती सर्किनी ह्याल्मो बताउछिन।
श्रोत कोरीबाटी

The post ह्योल्मो भाषामा बन्न लागेको चलचित्र “मेतोक”को पोष्टर सार्वजनिक appeared first on Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News.



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2LVgEOf

No comments:

Post a Comment

Pages