एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 1, 2018

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

– छेवांग शेर्पालामा 
सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ ।
जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ ।
यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा ।
परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हितको निमित्त बोधिसत्त्वा वज्रपानी र मन्जुश्रीको स्वरुपमा पुनर्जन्म हुँदै आएको बौद्ध धार्मिक धारणा रहेको छ । उहाँको बिगतका जीवन प्रतिकहरुमा सिद्दार्थ गौतम बुद्दको चेला आर्यदेव आनन्द, सिद्दार्थ गौतम बुद्द सन्देश-पथ “मध्यमार्ग” ज्ञान लेखक महान प्रसिद्दार्थण्डित शान्तराक्शिता, तिब्बती भाषा व्याकरण रचनाकार संस्कृतविद् विरुत्सना र अन्य २७ जना बुद्द मार्गी प्रमुख धर्म गुरुहरु थिए ।
परमेश्वर ठुशिक रिम्पोछे तिब्बती र अन्य हिमाली बौद्ध धर्म समुहको ५ जना सर्ब-मान्य सबै भन्दा उच्च-ज्ञानी गुरुहरुमा एक जना हुन् । गुरु पद्म सम्भवले स्थापना गरेको तिब्बती बौध धर्ममा सबैभन्दा पुरानो संघ “ङ्गिगमापा” समुहका प्रमुख नै परमेश्वर ठुशिक रिम्पोछेलाई मानिन्छ । परमेश्वर ठुशिक रिम्पोछेको बुबाको वंशवली लिच्छवी कुल हुन ।
परमेश्वर ठुशिक रिम्पोछेको नेपालसँगको सम्बन्ध सोलुखुम्बुका शेर्पाहरुको ईतिहाससँग नै सुरूवात रहेको थियो । त्यसबेला सगरमाथाको उत्तरी भेक ड्ज़ा रोंग्फुक भन्ने गाउँमा परमेश्वर ठुशिक रिम्पोछेको गुम्बा थियो । उहिले उहिलेदेखि नेपाली शेर्पा भिक्ष्युहरु बौद्ध धर्म उच्च-शिक्षा प्राप्त गर्न परमेश्वर ठुशिक रिम्पोछेको गुम्बा तिब्बतमा जाने गर्थे ।ग्रामिण योगी मेरो बाजे स्व:ङवाङ्ग छेतेन लामा पनि परमेश्वर ठुशिक रिम्पोछेको चेलाहरुमा एक जना हुनुहुन्थ्यो ।
तिब्बत स्वतन्त्रता नासिएसंगै परमेश्वर ठुशिक रिम्पोछेको बसाईसराईं सोलुखुम्बुको शेर्पा गाउँमा हुन पुग्यो ।सोलुखुम्बुको शेर्पाहरुको गाउँ थुप्तेन छोलिङ्ग भन्ने ठाउँमा गुम्बा स्थापित गर्नु भयो, जुन गुम्बा बिश्वले “ङ्गिगमापा” समूहका प्रमुख गुम्बाहरुमा सबैभन्दा पवित्र संघ-शिक्षालय मान्दछ । त्यहिबेलादेखि परमेश्वर ठुशिक रिम्पोछे नेपाल बासि भएको थियो ।
“म नेपाल मै खुशी छुँ ” भन्नु हुने बौद्ध धर्मका सबैभन्दा उच्च-ज्ञानी परमेश्वर ठुशिक रिम्पोछे नै हुनुहुन्थे । मानवतावादी बिश्व-गुरु आदरणीय दलाई लामाले समेत वज्रयाना उच्च-अभिषेक परमेश्वर ठुशिक रिम्पोछेबाट नै प्राप्त गर्नु भएको थियो । परमेश्वर ठुशिक रिम्पोछेलाई उहाँको जीवनकालमा भुटान राजपरिवारले समेत आफ्नो सिर-धर्मगुरु गद्दी स्वीकार्न बारम्बर अनुरोध गरेका थिए । भारत र अमेरिका लगायत दुनियाँको सबै राष्ट्रहरुमा बौद्ध धर्म समूहहरुले उहाँलाई तिनै राष्ट्रहरुमा “ङ्गिगमापा” बौधधर्म प्रमुख गुरुको आशनमा आमन्त्रित गरेका थिए ।
तर, परमेश्वर ठुशिक रिम्पोछेले सँधै र सबैलाई भन्नु भयो ” मलाई सानो धरातल र सानो आकाश चाहिँदा पूरा गाउँ नै दिने एउटै र पहिलो देश नेपाल नै हो । तसर्थ, म नेपालमै खुशी छु ।” परमेश्वर ठुशिक रिम्पोछेलाई नेपाल सरकारले पनि औपचारिक नेपाली नागरिकता अर्पण गरेको थियो । नेपाली हुनुभएका परमेश्वर ठुशिक रिम्पोछेको परीनिर्वाणा (देहान्त) नेपालको माटो सितापाईलामा उहाँको आफ्नै दोश्रो गुम्बामा २०११ सालमा भएको थियो ।
“मेरो आवश्यकता नेपालीहरुले नै पूरा गरी दिन्छन” भन्नु हुने बौद्ध धर्मका महान् भिक्ष्यु परमेश्वर ठुशिक रिम्पोछे नै हुनु हुन्थ्यो । करिब १२/१४ बर्ष पहिले आदरणीय दलाई लामाज्युको बिशेष अनुरोधमा परमेश्वर ठुशिक रिम्पोछे कालाचक्र आरम्भको निमित्त अमेरिका आउनु भएको थियो । त्यो हाम्रो सौभाग्य थियो परमेश्वर ठुशिक रिम्पोछे, त्यो अमेरिकी भ्रमणको बेला न्यूयोर्कमा हाम्रो घरमा ६ दिन बस्नु भएको थियो । त्यसबेला, म स्वयं उहाँको सेवामा लाग्दा मैले देखेको/सुनेको केहि रोचक कुराहरु पनि निम्न जानकारी गराउँदछु ।
१. परमेश्वर ठुशिक रिम्पोछे हाम्रो घरमा बस्नु हुने योजना रहे पछि, उहाँको सुरक्षको निमित्त अमेरिकी FBI का ३ जना सुरक्षा सिपाहीहरु हाम्रो घरमा खटिने योजना रहेको थियो । यस बारे रिम्पोछेलाई जानाकारी भएपछि, उहाँले भन्नु भयो ” मलाई नेपाली गाउँमा सँधै सुरक्षित अनुभव छ । तसर्थ, मलाई कुनै पनि शेर्पाहरुको घरमा सुरक्षा आवश्यकता नै हुन्न।”
२. दुईजना अमेरिकी प्रख्यात न्युरो-साईटिस्टहरु परमेश्वर ठुशिक रिम्पोछेको शान्त जीवन अभ्यास बारे अनुसन्धान गर्न अाएका थिए । अनुसन्धान अन्तर्वार्ताको क्रममा एक जनाले सोधे “तिब्बतको स्वन्त्रताको बारेमा तपाईंको भविष्यबाणी के होला ?” । रिम्पोचे गम्भीर हुनु भयो र भन्नु भयो ” म भिक्ष्यु हुँ । मलाई थाहा भाको कुनै पनि कुरा स्थायी हुन्न । भविष्यबाणी गर्ने भनेको तपाईंहरु जस्तो शिक्षित विद्वानहरुको सीप हो, मेरो हैन । मेरो चिन्ता जगतको कल्याण हो ।”
३. बौद्धधर्मका महानविद् बिश्व प्रख्यात लेखक गुरु सोक्यल रिम्पोचे र हलिवुड नायाक रिचार्ड ग्येयरले परमेश्वर ठुशिक रिम्पोछेलाई नेपालमा कुनै पनि आवाश्यक आर्थिक व्यवस्थाको लागि आफुहरु संग्युक्त सेवामा संधै-तत्पर रहेको बिन्ति अनुरोध गरेका थिए । परमेश्वर ठुशिक रिम्पोछे मुस्कुराउनु भयो र भन्नु भयो “मेरो आवश्यकता नेपालीहरुले नै पुरा गरी दिएका छन् I नेपालमा मलाई कुनै कुराको कमी महसुस छैन ।”
नेपालमा परमेश्वर ठुशिक रिम्पोछेको परीनिर्वाणा (देहान्त) पछि, संसारमा सबैतिर उहाँका अनुयायीहरु र बौध धर्म भक्तहरु परमेश्वर ठुशिक रिम्पोछेको पुनर्जन्मको लागि पुजा, पाठ, आराधना, प्रार्थना गर्दै थिए । बौध धर्म समूहमा बिश्व-प्रख्यात, दलाई लामा समेतले पनि गुरु थापेका, आर्यदेव आनन्द, महान पण्डित शान्तराक्शिता, पौरानिम भाषाविद् विरुत्सना जस्ता प्रतिकहरुको उत्तरधिकारी रहेका परमेश्वर ठुशिक रिम्पोछेको अवतारी अर्थात पुनर्जन्म टुल्कु/उत्तरधिकारी छानिनु सजिलो थिएन ।
सामुदायिक संस्कारिक प्रतिष्ठा या राजनैतिक कारणले जेसुकै कारणले होस्; बिगतमा तिब्बती र अन्य हिमालयन बौद्ध धर्म-संघ समूहहरुको पाँच जना सबै भन्दा उच्च-आधिकारिक रिम्पोछे गुरुहरुको आधिकारिक उत्तरधिकारी-अवतारी टुल्कुहरु सबै तिब्बती समुहबाट मात्र पहिचान रहेको थियो । तिब्बती र अन्य हिमालयन बौद्धधर्मको ईतिहासमा, पाँच जना सबै भन्दा उच्च-आधिकारिक रिम्पोछे गुरुहरुको आधिकारिक उत्तरधिकारी-अवतारीहरुमा, पहिलोचोटी एक जना नेपाली नागरिक बालक पहिचान भएको एैतिहासिक अवसर यही नै हो ।
बौद्ध धर्म भक्तहरुले भ्रम-नाशक परमेश्वर (Destroyer of illusion) मानिने ठुशिक रिम्पोछेको पुनर्जन्म लिएका बालक नेपाली परिवारको हो । यी बालकको जन्मदाताहरु सोलुखुम्बुमा जन्म भै हाल खोटांग जिल्ला निवासी नेपाली शेर्पाहरु हुन । खोटांग जिल्लामा अवस्थित हलेसी तिर्थस्थान हिन्दुहरुको लागि हलेसी महादेव अर्थात पूर्वको पशुपतिनाथ पवित्र धर्मयात्रा स्थान हो । किरांतहरुको लागि ईस्टदेव मारातिका पवित्र धर्मयात्रा स्थान हो । बौद्धमार्गीहरुको लागि आठौं शताव्दीमा गुरु पद्मसंभावाले ध्यान गर्नु भएको पवित्र धर्मयात्र स्थान हो ।
हिन्दु, किरांत र बौद्धमार्गी सबैको संमयुक्त पवित्र धर्मयात्रा स्थान हलेसीस्थित, खोटांगका नेपाली बालाक नै सिदार्थ गौतम बुद्दका चेला आनन्द अवतार-प्रतिक, लिच्छवी कुलका बंशवली पुत्र, सम्पूर्ण बौद्ध धर्म गुरुहरुको पनि गुरु मानिने परमेश्वर ठुशिक रिम्पोछेको पुनर्जन्म नयाँ अवतार पहिचान हुनु, नेपालमा पुन शान्ति स्थापना भइ सबै धार्मिक आस्थिकहरुको परोपकार, उन्नति हुने र बिश्व शान्तिको लागि नेपालको अग्रज भूमिका स्थापन रहने संकेत स्वरुप लिन सकिन्छ ।
नेपाली आमाको कोखमा जन्म लिएका ३ बर्ष ५ महिना उमेरका बालक नै आर्यदेव आनन्द, महान पण्डित शान्तराक्शिता, पौरानिम भाषाविद् विरुत्सना जस्ता प्रतिकहरुको उत्तरधिकारी मानिने परमेश्वर ठुशिक रिम्पोछेको पुनर्जन्म नयाँ अवतार “टुल्कु” पहिचान, भ्रम-मुक्त पूर्ण- तपस्वी सर्ब-सिद्धि जीवित महान बौद्ध धर्म गुरु दोद्रूपचेन रिम्पोछेले गर्नु भएको हो ।
महान बौद्ध धर्म गुरु दोद्रूपचेन रिम्पोचेको बौद्ध धार्मिक योग्यता बारे छोटकरीमा लेख्नु पर्दा, उहाँ नै मात्र एक जना जीवित बौद्ध धर्म गुरु हो, जसको निर्णय आदरणीय दलाई लामा समेत बिश्वका आठै जना प्रमुख रिम्पोचेहरुले मनन गर्ने नैतिक कर्तब्य रहन्छ ।
परमेश्वर ठुशिक रिम्पोछेको चेला, जो उहाँको बुबा पनि हुनु हुन्थ्यो, को अवतारी-उत्तरधिकारी योगी गुरु हुनुहुन्छ हाल काठमान्डू अवस्थित मेरो बर्तमान अध्यात्मिक गुरु आदरणीय संगसंग रिम्पोछे । परमेश्वर गुरु ठुशिक रिम्पोछेको अवतारी-उत्तरधिकारी “टुल्कु”, आदरणीय संगसंग रिम्पोचे जो परमेश्वर गुरु ठुशिक रिम्पोछेको आफ्नै बुबाको अवतारी “टुल्कु” ले पनि अन्तर्ज्ञान गर्नु भएको छ ।
अर्को महान बौध धर्म गुरु साङ्गे जट्रुल रिम्पोछे । साङ्गे जट्रुल रिम्पोछे र परमेश्वर ठुशिक रिम्पोछेको बौद्ध धार्मिक सम्बन्ध पनि रोचक रहेको छ । सदियौंदेखि उहाँहरु दुवैमा एक आपसमा गुरु-चेलाको ईतिहासिक सम्बन्ध निरन्तर हुँदै आएको छ । अर्थात, साङ्गे जट्रुल रिम्पोछे पुनर्जन्म लिएको अवतारी “टुल्कु” बालकको प्रमुख धर्म-शिक्षा गुरु उमेरदार परमेश्वर ठुशिक रिम्पोछे मानिन्छ । त्यस्तै, परमेश्वर ठुशिक रिम्पोछेको पुनर्जन्म लिएको अवतारी “टुल्कु” बालकको प्रमुख धर्म-शिक्षा गुरु उमेरदार साङ्गे जट्रुल रिम्पोछे हुने रिती रहँदै आएको छ ।
यथार्थवादी धर्म गुरु दलाई लामाज्यु भन्नु हुन्छ- “अवतारी टुल्कु धारणाको प्रमुख उदेश्य हो, पूर्व अध्यात्मिक अधिकारीहरुको अपुरो करुणा कार्यहरुलाई धर्म र जगतको हितको लागि निरन्तरता दिनु” । यिनै अर्थमा, परमेश्वर ठुशिक रिम्पोछेको पुनर्जन्म बालक अवतारी “टुल्कु” ले, परमेश्वर ठुशिक रिम्पोछेको अपुरो करुणा कार्यहरुलाई असहया मानव जाति र प्राणीहरुको लागि सेवा अब्यास गर्न सफल रहोस भन्ने प्रार्थना गर्दछु ।
थप, ब्यवहारिक धर्म अब्यासी महान विवेकी गुरु दलाई लामाज्युले यो पनि भन्नु भएको छ- “अवतारी ‘टुल्कु” हुनु भनेको प्रसोधन नगरिएको हिरा पाएको जस्तै हो । जबसम्म प्रसोधन नगरिएको हिरा काटेर, आकारिएर नचम्काए सम्म हिराको खासै मुल्य हुन्न, त्यस्तै अवतारी ‘टुल्कु” पनि शिक्षित भै करुणा अब्यास नगरे सम्म खासै माने राख्दैन ।”
यिनै अर्थमा, परमेश्वर ठुशिक रिम्पोछेको पुनर्जन्म आधिकारिक अवतारी “टुल्कु” बालकको स्याहर जिम्मेवारी जनहरु र अन्य सरोकारवालाहरुले, जबसम्म उहाँ बालक अवतारी “टुल्कु” सर्ब-धर्म ज्ञानमा पोख्त हुँदैन र उहाँ उम्मेदार भिक्ष्यु भए पछि मानवियता र सम्पूर्ण प्राणीहरुको आवश्यकता अनुसार व्यवाहारिक धर्म कार्य अभ्यास गर्नु हुन्न, तबसम्म उहाँलाई मक्ख भएर एकैचोटी देउताकरण गर्न नगरियोस भन्ने आपेक्षा र अनुरोध राख्दछु ।
सर्ब-धर्म आदरिय, यथार्थवादी बुद्द अनुयायी प्रयासी ।
छेवांग शेर्पालामा


from We Are Sherpa https://ift.tt/2zaPml5

No comments:

Post a Comment

Pages