पासाङ शेर्पालाई किदुगकको सहयोग हस्तान्तरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 1, 2018

पासाङ शेर्पालाई किदुगकको सहयोग हस्तान्तरण

शेर्पा किदुग मलेसियाले सोलुखुम्बु नेचा सल्यान निवासी श्री पासाङ शेर्पाको नाममा सङ्कलन गरेको रकम हस्तान्तरण ।सहयोग गर्न चाहनुहुन्छ भने पासाङ शेर्पाको बैंक खाता नम्बर D807010000317 global bank मा पठाउन सक्नुहुनेछ ।थुजिछे शेर्पा किदुग मलेसिया परिवार

Posted by शेर्पा किदुग मलेसिया on Sunday, July 1, 2018

शेर्पा किदुग मलेसियाको नेतृत्वमा संकलन गरेको रकम आइतबार पिडीत पासाङ शेर्पालाई हस्तान्तरण गरेको छ । आइतबार पिडीत पासाङ शेर्पालाई हस्तान्तरण गरेको छ । शेर्पा किदुग मलेसियाका पदाधिकारीहरुको पहलमा पाँच हजार ६ सय ३० Rm संकलन गरेको थियो । विरामी पासाङ शेर्पाको मलेसियाका उपचार खर्च र नेपाल पठाउने सम्मको खर्च सबै गरी त्यसबाट बचेको दुई हजार ९ सय ९१ र्याम साथै संस्थाका संरक्षक आचार्य कर्म रिन्जेन शेर्पाले रु २२ हजार नेपाली रुपैया थपि नगद् रु १ लाख २ हजार १३ रुपैया सहयोग संस्थाका निर्वतमान अध्यक्ष तथा संस्थापक सल्लाहकार तथा संरक्षक न्यु शेर्पा रेष्टुरेन्टका सञ्चालक तेन्जिङ शेर्पा , संरक्षक आचार्य कर्म रिन्जेन शेर्पाको हातबाट हस्तान्तरण गरेका छन । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न ५ का पासाङ शेर्पा ३ वर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए । उनको खुट्टामा सानो चोट लागेको थियो । चोट लागेको खुट्टा दुख्न र फोका आउन थालेपछि कम्पनीले अस्पताल पु¥याइएको थियो । अस्पतालमा पुगेका पासाङको अपरेशन गरी खुट्टा काटीयो थियो । पासाङको अहिले साँखुस्थित सुष्म कोइराला मेमोरियल अस्पतालको बेड नम्बर २८ मा उपचारथ छन ।
सात जना परिवारका माइला सन्तान पासाङ परिवारको आर्थिक अवस्था सुर्धान मलेसिया गएका थिए तर पैसाको सट्टा आफुनो ख्ट्टा नै खाडिमा छोडेर फर्के खाली हात ।
उनको आर्थिक अवस्था नाजुक छ । अस्पतामा बस्न र उपचारको लागि विभिन्न सहयोग हातहरु निरन्तर छ । तर कति अस्पतामा बस्नु पर्ने र कति रकम लाग्छ त्यो अझै केहि महिनाको हस्पताल बसाई पछि मात्र थहा हुन्छ । उनको आर्थि अवस्था एकदम नाजुक छ । त्यसैले तपाई पनि सहयोग गर्न चाहनु हुन्छ भने ।
पासाङ शेर्पालाई सहयोग गर्नका लागि
बैकं एकाउन्ट नम्बर
Ang Pasang Sherpa
D807010000317 Global IME Bank



from DakpiKhabar.com https://ift.tt/2MEQDCq

No comments:

Post a Comment

Pages