यी ५ खानेकुरा सेतो बिष हुन, जो हामी दिनहुँ खान्छौं - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 19, 2018

यी ५ खानेकुरा सेतो बिष हुन, जो हामी दिनहुँ खान्छौं

एकपटक आँखा चिम्लेर सोच्नुहोस् त ? तपाईको भान्सामा दिनहुँ के-के प्रयोग हुन्छन् । दाल, चामल, नुन, चिनी, आटा, मैदा, आलु । यहाँ उल्लेख गरिएमध्ये नुन, चिनी, मैदा कस्तो खानेकुरा होलान् ? के यी खाद्यपदार्थबाट हामीले आवश्याक पोषक तत्व प्राप्त गरिरहेका छौं ?

यी कुराबाट पोषणतत्व पाइन्छ भन्ने कुरालाई बिर्सिनुहोस्, हामीले यी खाद्यपदार्थहरु खाएर हाम्रो स्वास्थ्यलाई धेरै समस्या निम्त्याइरहेका हुन्छौँ । यी खानेकुराहरु हाम्रो स्वास्थ्यको लागि राम्रो छैनन यसबाट हामीलाई क्यान्सर, उच्चरक्तचाप, हाडको समस्या र मधुमेह जस्ता समस्या निम्तिने जोखिम हुन्छ ।
के के हुन त त्यस्ता खानेकुरा ?
१. पास्चराइज्ड गाईको दुध
पास्चराइजेसनको प्रक्रियाले दुधलाई लामो समयसम्म राम्रो बनाइराख्छ, तर पोषण भ्यालु्लाई भने हानी गर्छ । यसले इन्जाइमहरु, भिटामिन ए, बि १२ र सी दुधबाट हटाउँछ । यो प्रक्रियाले हर्मोनहरु र एन्टिबायोटिक्सहरु दुधमा ट्रान्सफर गर्छ ।
पास्चराइजेसनले गाइको काँचो दुधमा पाइने गुणकारी ब्याक्टेरियाहरुलाई विनाश गर्छ । यसले प्राकृतिक इन्जाइमहरुलाई मार्छ र यसको फोसफाटेसलाई पनि विनाश गर्छ जो क्याल्सियम एजोब्र्सनको लागि अत्यावश्यक हुन्छ । क्याल्सियम बच्चाहरुलाई बढ्नको लागि र बच्चाहरुको स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ । यसले प्रतिरोधी प्रणालीमा सुधार गर्छ ।
२. प्रशोधित सेतो चामल
चामलको प्रशोधन गर्ने प्रक्रियाले त्यसको बाहिरि पत्र र किटाणुहरुलाई हटाउँछ । चामल इन्डोस्पर्म रुपमा मात्रै रहन्छ । यो पत्रमा स्टार्च धेरै मात्रामा रहन्छ जसले तपाईको रगतमा सुगरको स्तर र ग्लुकोजको स्तरलाई धेरै ठूलो मात्रामा बढाउँछ ।
३. प्रशोधित चिनी
प्रशोधित चिनीमा धेरै क्यालोरीहरु रहेको हुन्छ जसमा आवश्यक पोषणहरु हुँदैन र त्यसैले यसलाई इम्प्टी क्यालोरी पनि भनिन्छ । यसले मेटाबोलिज्मलाई हानी गर्छ र विभिन्न खालका रोगहरु निम्त्याउन सक्छ जस्तै क्यान्सर, मधुमेह, तौल बढ्ने मोटोपना, कलेजोको रोग ।
४. प्रशोधित नुन
नुनले तपाईको शरिरमा पानीको मात्रालाई कायम गर्छ । यदि तपाईले धेरै नन खानुभयो भने तपाईको शरिरमा भण्डार भएको थप पानीले तपाईको ब्लडप्रेसर बढाउँछ । धेरै मानिसहरु उच्च ब्लडप्रेसरको समस्याले ग्रसित भएका हुन्छन् तर धेरैजसोलाई यो कुरा थाहा हुँदैन ।
त्यसैले तपाईले थोरै नुन खान ठिक हुन्छ । सामान्य नुनमा आयोडिन हुन्छ तर प्रशोधित नुनमा आयोडिन हटाइएको हुन्छ र फ्लोराइड थपिएको हुन्छ जसलाई धेरै खाएमा हानी गर्छ।
५ सेतो पिठो (मैदा)
सेतो विषको रुपमा चिनिने मैदा सबैको लागि आवश्यकता भएको छ । तर यसको अत्यधिक सेवनले हाम्रो स्वास्थ्यमा गम्भिर असर गर्छ । आजकाल मैदाबाट बनेका खानेकुराहरु सेवन गर्ने क्रम धेरै बढेको छ । हामी घरमा मैदाको रोटी खान्छौं भने बजारमा निस्कँदा विभिन्न फास्टफुडको रुपमा मैदाबाट बनेका परिकार खान्छौं ।
मैदाको प्रशोधनको क्रममा यसको इन्डोस्पर्मलाई जर्म र ब्रानबाट छुट्याइन्छ जुन पाचनको लागि धेरै नै महत्वपूर्ण हुन्छ । मैदालाई प्रशोधन गर्ने क्रममा आवश्यक पोषणहरु सबै हराउँछन् । मैदाबाट बनेका खानेकुराले शरिरको पोषणतत्वहरु लिने गर्छ । यसैको परिणामस्वरुप हाम्रो शरिरमा भिटामिन र मिनरल्सको कमी हुन्छ ।


from We Are Sherpa https://ift.tt/2Iuph4v

No comments:

Post a Comment

Pages