सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 19, 2018

सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला


हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ?

आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु नै छ । प्रचण्ड पुत्र प्रकाश दाहाल सँग के थिएन र ? पछिल्लो अवस्थामा मासु र रक्सि को सेवन अत्याधिक गर्ने लत बसेका प्रकाश को मृत्यु भएपछी अहिले प्रचण्ड पनि एक्लो बनेका छन् ।

युद्धकालमा प्रचण्ड ले कतिका ज्यान लिए होलान् , कति लाई घरबार बीहीन बनाए होलान् तर आफ्नै छोराको पनि अकालमा मृत्यु हुन्छ  भनेर सायद उनलाई सपनामा पनि बिश्वास थिएन होला ।

जब पशुपतिमा आफ्नो छोरालाई दागबत्ती दिंदा प्रचण्डको हात काम्यो र आँखा बाट आँशु का धारा बगे यसैले प्रमाणित गर्छ कि जीवन आखिर केहि पनि छैन । दिन का दिन पार्टी र मोज गर्ने अनि तरुनी र पैसाको लत ले मस्त भएको हरुको पनि मृत्यु समान नै हुने गर्दछ अनि अन्तीम स्थान पशुपतिनाथ नै बन्ने गर्दछ र सडकमा बसेर मागेर खानेको पनि अन्तीम स्थान भनेको पशुपतिनाथ नै हो ।

जब हामि मरेर जान्छौं , यो सम्पत्ति अनि नातागोता कुनै पनि काम लाग्दैन । न हामीलाई नातागोताले बचाउन सक्छ न त सम्पत्ति ले । त्यसैले नगरौं व्यर्थको अभिमान । नगरौं अभिमान मेरो सम्पत्ति छ र मेरो यस्तो नाता छ भनेर । जीवन छोटो छ केवल सत्कर्म गरौँ र सत्कर्म ले नै जीवनको सदुपयोग गरौँ

यो बिचार यहाँहरुलाई कस्तो लाग्यो त ? आफ्नो बिचार राख्नुहोस तथा कुरा चित्त बुझे एक एक शेयर गरेर साथ् दिनुहोस

from We Are Sherpa https://ift.tt/2KB54GK

No comments:

Post a Comment

Pages