न्यूयोर्कमा शेर्पाहरुले लोशार मानए।  - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 11, 2019

न्यूयोर्कमा शेर्पाहरुले लोशार मानए। 

 

नयाँ बर्ष (लोशार)को शुरुवातसँगै मनमा खुशी र उमंगका तरंगहरु बोकेर न्यूयोर्कमा रहेका हिमाली समुदायले लोशार  मनाउन थालिसके। कुकुर बर्षलाई बिदाई गर्दै सुँगुर बर्षलाई स्वागत गरिसकेको छ। शेर्पा किदुग अमेरिकाले पनि लोशारकै पहिलो दिन किदुगकै प्रंगानमा विविध कार्यक्रमहरुसहित लोशार कार्यक्रमको आयोजना गरिएको छ। लोशार मान्ने हिमाली समुदायहरुको ठुलो संख्यामा उपाथिति  रहेको उक्त कार्यक्रममा क्विन्स बोरो प्रेसिडेन्ट मेलिन्डा कत्ज, सिटि काउन्सिलमेन डेनियल ड्रम्प, न्यूयोर्क राज्यका सिनेटरका प्रतिनिधि पेमाला,कम्युनिटी बोर्डका सदस्यद्वय लोप्साङ ठिले शेर्पा र मोहन ज्ञावाली, न्यूयोर्क पुलिस डिपार्टमेन्ट लगायत अन्य ब्यक्तित्वहरुको उपस्थिती रहेको थिए।

किदुगकै  भवनमा अगाडिका ४१ एभेन्यु र ७५ स्ट्रिटलाई पूर्ण रुपमा बन्द गरी आयोजना गरेको कार्यक्रममा बिहानै लामा गुरुहरुद्वारा पूजापाठ गरेका थिए भने दिउसो लामाहरुको सेर्किम नाँच , सेंगी नाँच र स्याब्रु नाँच प्रर्दशन गरेका थिए। क्विन्स बोरो प्रेसिडेन्टले लोशारको  शुभकामना दिदै करीब १९० राष्ट्रका मानिसहरु बस्ने र २०० भन्दा बढी विविध भाषाहरु बोल्ने  क्विन्समा शेर्पाहरुले पनि आफ्नो पुर्खहरुको धर्म संस्कृतिलाई जिबन्ता राखेको र यसले यहाँको विविधलाई थप    आकर्षक  बनाएको र यो नै अमेरिकाको सुन्दरता रहेको बताए । शेर्पा किदुगले गरेका रचनात्मक कार्यहरुको प्रशंसा गर्दै बधाई दिए। त्यस्तै काउन्सिलमेन  डनियल ड्रमले शेर्पा किदुग जस्तो कृयाशिल संस्था आफ्नो क्षेत्रमा पाएको गर्ब महशुस भएको र आफुले पनि शेर्पा किदुगसँग मिलेर बिभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताए। किदुगले आयोजना गर्ने बिभिन्न कार्यक्रममा काउन्सिलमेन सकृया रुपमा सहभागी हुँदै आएको छ। शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले सबैलाई स्वागत र धन्यवाद दिदै लोशारको शुभकामना ब्यक्त गरेका थिए।

 

एन एस एस पिका बिद्यार्थीहरुले बालबलिकाहरु लक्षित बिभिन्न कार्यक्रमहरु राखिएका थिए भने किदुगले बालबालिकाहरुलाई लोसार उपहारको ब्यबस्थ गरिएका थिए।

शेर्पा किदुगले ३१ जनाको आयोजक समिती गठन गरी आयोजना गरिएको कार्यक्रममा किदुगका प्रमुख लामा उर्गेन टुल्कु, शेरलो गुम्बाका प्रमुख लामा,बौद्ध बिद्द्वान डा युला शेर्पा, लोपेन ग्युर्मे छोड्रक  लगायत अन्य लामा गुरुहरुले विश्व शान्ति र सम्पूर्ण प्राणी जगतको लागि काल्यणको लागि पाठपूजा गरिएको थियो। उपस्थित सबै जनाले लामा गुरुहरुसँगै सेतो पिठो आकाशमा छर्की ” के के सो सो ल्हा गेलो भन्दै देब बिजयको उत्सबमा सहभागी भएका थिए। अन्तमा सबै जनाले सामुहिक स्याब्रु नाँच्दै उक्त दिनको कार्यक्रमलाई उल्लासमय बनाएका थिए।



from United Sherpa Association http://bit.ly/2E3wJj5

No comments:

Post a Comment

Pages